आपराधिक घटनाहरुले वीरगंजको शान्ति सुरक्षाको सवालमा प्रश्न चिन्ह

वीरगंज, २० श्रावण/
वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा संघकै कार्यकक्षमा पर्सा जिल्लाका नवनियुक्त प्रहरी उपरीक्षक धिरज प्रताप सिंहसाग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
वीउवासंघका अध्यक्ष अशोककुमार वैधको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वैधले वीरगंज उद्योग वाणिज्य संघको ऐतिहासिक पृष्ठभूमि बारे प्रकाश पार्दै नेपालकै ठूलो औद्योगिक करिडोरको रुपमा रहेको वीरगंज–पथलैया करिडोरबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब डेढ लाख व्यक्तिहरुलाई रोजगारी प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रको उन्नयनमा समेत ठूलो भूमिका खेलेको कुरा बताउनुभयो । साथै वीरगंज शहर लगायत पर्साको शान्ति सुरक्षालाई अझै प्रभावकारी एवं चुस्त दुरुस्त बनाउने तर्फ प्रहरीको सक्रिय भूमिकामाथि जोड दिनु भयो ।
खुला छलफलको क्रममा विगतका तुलनामा सुरक्षा स्थितिमा सुधार आएको भएतापनि केही आपराधिक घटनाहरुले वीरगंजको शान्ति सुरक्षाको सवालमा प्रश्न
चिन्ह रोखेकै छ । वीरगंजको शान्ति सुरक्षालाई अझ बढी प्रभावकारी बनाउन डिजिटल सेक्यूरिटी विंङ्गको
स्थापना हुनुपर्ने धारणा संघका उपाध्यक्ष सुबोधकुमार गुप्ताले छलफलको क्रममा राख्नुभएको थियो ।
संघका सचिव अनिल पटवारी, कार्यसमिति सदस्य प्रेमचन्द्र गोयल,
हरिनारायण गुप्ता, यज्ञराज शर्मा, मनोज दासले प्रहरीले विगतमा शान्ति सुरक्षाका लागि खेलेको भूमिकालाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभएको थियो ।
यसैगरी प्रहरी उपरीक्षक सिंहले छलफलमा उठेका जिज्ञासाहरुलाई आत्मसात गर्दै पर्सा जिल्लाको शान्ति सुरक्षाको सवालमा आफू एकदमै लागी पर्ने र यसका लागि कसैसाग सम्झौता नगर्ने भन्दै संघद्वारा प्रस्तुत सुरक्षा सम्बन्धी विषयहरुमा आफू गम्भीर रहनुका साथ सुरक्षा प्रणालीलाई चुस्तदुरुस्त बनाउने तर्फ सबैको सहयोग र सहकार्यबाट कार्य सम्पादन गर्न सहज हुने धारणा व्यक्त गर्दै आजको यस भेटघाटले मलाई आगामी कार्ययोजना बनाउन थप मद्दत मिलेको बताउनु भयो ।
संघका पदाधिकारी, कार्यसमिति सदस्यको उपस्थिति रहेको यस कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण वीउवासंघका मनोज उपाध्यायले गर्नुभएको थियो ।


SHARE THIS

Author:

Facebook Comment