क्राइमचेक प्रतिनिधि/
वीरगंज/“बाँदरको हातमा नरिवल” भन्ने उक्तिलाई नेपाल प्रहरी संगठनमा कार्यरत एक जना प्रहरी नायब निरीक्षकले चरितार्थ गरेपछि अहिले पर्सा जिल्ला स्थित जिल्ला प्रहरीका प्रमुखको हैसियत एउटा सामान्य सिपाहीभन्दा पनि तल भएको चौतर्फी चर्चा गरिन थालिएको छ ।
घटना प्रसँग क्राइम चेक साप्ताहिकको गतांक अर्थात साउन १७ गते पहिलो पृष्ठमा प्रकाशित एउटा समाचार “खानालको खान्की खोज्न खचाञ्जी परिचालन” शीर्षकमा प्रकाशित एउटा समाचारको विषयलाई लिएर नारायणी अञ्चल प्रहरी कार्यालय वीरगंजमा कार्यरत प्रहरी नायब निरीक्षक विजय यादव, जो वरीष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका बडीगार्ड एवं घुमुवा प्रमुख पनि हुन् । प्रनानि यादवले क्राइमचेकमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक/प्रकाशक सन्तोष कुमार मिश्रलाई फोन गरी तथानाम गाली गर्दै मिश्रको दिदी बहिनी र आमालाई मुम्बईको वेश्यालयमा लगेर बेचिदिने तथा जहाँ भएपनि उठाएर लैजाने एवं फँसाईदिने र मारिदिने लगायतका धम्की दिएपछि आतंकित भएका सम्पादक मिश्र नेपाल पत्रकारमहासंघ पर्सा शाखाका उपसभापति ध्रुव साहलाई फोन गरी घटनाबारे जानकारी
गराएपछि साहले आफू वीरगंज वाहिर रहेकोले अध्यक्ष केसी लामिछानेलाई घटनाबारे जानकारी गराएपछि लामिछानेको मोबाइला फोन गर्दा अध्यक्ष लामिछानेले फोन उठाएनन् । त्यसपछि लगातार सई विजय यादवको धम्कीपूर्ण फोन आइरहेकै अवस्थामा महासंघ पर्सा शाखाका निवर्तमान अध्यक्ष अशोक तिवारी, नेपाल भारत मिडिया फोरमका केन्द्रिय अध्यक्ष श्रीराम रायमाझी, महासचिव विजय कुशवाहा लगायतलाई फोन गरी घटनाबारे जानकारी गराएपछि अध्यक्ष रायमाझीले घटनाबारे पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहलाई जानकारी गराउँदै भेटेर जानकारी गराउन भनि समय माग गरेपछि उपरीक्षक सिंहले दिउँसो एकबजेृको समय दिए ।
उपरीक्षक सिंहले दिएको समयमा पीडित पत्रकार सन्तोष मिश्र पर्साका करिब दुई दर्जन सञ्चारकर्मीहरुसँगै जिल्ला प्रहरी कार्यालय पुगे ।
त्यहाँ पुगेपछि प्रहरी उपरीक्षक सिंह आफू मातहतका चौकी प्रमुखहरूलाई शान्ति सुरक्षाबारे निर्दिष्ट गरिरहनुभएकोले केही बेर प्रतिक्षा गर्न भनियो । त्यसपछि पत्रकारहरू जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाको कार्यकक्षमा बसेर नाउ खतिवडालाई घटनाबारे जानकारी दिंदै प्रहरी उपरीक्षक सिंहको प्रतिक्षा गर्न थाले । प्रतिक्षा गर्दा गर्दै करिब सवा दुई बज्यो–उपरीक्षक सिंह अझै पनि व्यस्त नै रहेको र केही मिनेटमै ब्रिफि· सकिने जनाइएपछि पत्रकारहरु शान्तिपूर्वक बसेर प्रतिक्षा गर्न थाले । यत्तिकैमा अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख सर्वेन्द्र खनाल आफ्ना बडी गार्ड प्रनानि विजय यादवसँगै जिल्ला प्रहरी कार्यालयमा आएर सिधै एसपिको कक्षमा प्रवेश गरे भने सई यादव भने पत्रकारहरू बसिरहेको डिएसपीको कार्यकक्ष बाहिर आएर त्यहाँ बसिरहेका पत्रकारहरू मध्ये नेपाल–भारत मिडिया फोरमका केन्द्रिय अध्यक्षतर्फ ईंगित गर्दै वीरगंजको पत्रिकाहरूमा मेरो बारेमा समाचार लेखाउने तैं हो, मैले बर्दी फुकालें भने सबभन्दा पहिले तालाई सिध्याउँछु भनि धम्की दिनथालेपछि शान्ति सुरक्षाको आशा लिएर न्याय पाउन गएका सञ्चारकर्मीहरू थप आतंकित बनेका थिए ।
प्रनानि बिजय यादवको त्यतिखेरको उग्ररुप वीरगंजका अधिकांश क्यामेरामा कैद छ । यस्तो लाग्थ्यो दुई मिनेट त्यहाँ अझै एस.पी. सिंह नआइदिएको भए प्रनानि यादवले गोली नै हानेर कसैलाई ढाल्थे । यसरी जिल्ला प्रहरी कार्यालयकै परिसर भित्र त्यो पनि आफूभन्दा उच्च ओहदाका करिब आधादर्जन प्रहरी अधिकृतका अगाडी प्रनानि यादवले ज्यान मार्ने लगायतका धम्की दिन थालेपछि त्यहाँको वातावरण केहीबेर आतंकित बनेको थियो । सई बिजय यादवको आतंकीपूर्ण व्यवहार हेरेर त्यहाँ बसिरहेको प्रहरी उपरीक्षकद्वय वासुदेव खतिवडा र श्याम महतो निरीह सिपाही जस्तो देखिन्थे । त्यहाँ हो–हल्ला भएपछि आफ्नो कार्यकक्षबाट बाहिर निस्किएर प्रहरी उपरीक्षक सिंहले प्रनानि यादवलाई त्यहाँबाट हटाएका थिए ।
प्रनानि यादव त्यहाँबाट गएपछि एसपी. सिंहले प्रनानि यादव आफ्नो कार्यालय मातहतको प्रहरी कर्मचारी नभएकोले आफूले कुनै कारवाही गर्न नमिल्ने भन्दै पत्रकारहरू सामु आफ्नो निरीहता प्रदर्शन गरेका थिए । प्रहरी उपरीक्षक सिंहको निरीह अनुहार हेरेर यस्तो लाग्थ्यो कि उनी जिल्लाभरिका प्रहरीहरूको प्रमुख नभएर विजय यादवको नेतृत्वमा रहेका एक सामान्य सिपाही हुन् ।
प्रहरी संगठनको मर्यादा विपरीत जिल्ला प्रहरी प्रमुखकै कार्यकक्षमा बर्दी लगायका प्रहरी नायब निरीक्षकले शान्ति सुरक्षाको माग गर्न आएका न्यायप्रेमी पत्रकारहरूलाई खुल्लेयाम रुपमा ज्यानै मारिदिनेसम्मका धम्की दिइरहनु तर जिल्ला प्रहरी कार्यालयका प्रमुखले ऊ आफूभन्दा माथिल्लो निकायमा कार्यरत रहेको हुँदा आफूले कार्यवाही गर्न नसकिने भनि निरीहता प्रदर्शन गरेपछि पत्रकारहरू शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अनिल तिवारीको नेतृत्वमा गएका पत्रकारहरुको टोलीलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीले सुरक्षा पाउनु सबैको नैसर्गिक अधिकारको कुरा भएकोले विधिको शासन विपरित अशान्ति फैलाउनेलाई कारवाही गरिने र पत्रकारहरूलाई शान्ति सुरक्षाको जिम्मेवारी लिने जनाएपछि पत्रकारहरू त्यहाँबाट प्रस्थान गरेका थिए । घटनाबारे चारैतिर समाचार प्रवाह भएपछि विभिन्न संघ–संगठनले प्रहरीले दिएको गालीगलौज र जिल्ला प्रहरी कार्यालय परिसरमै गरेको नाङ्गो
प्रदर्शनको कडा विरोध गर्दै दोषी प्रहरी नायब निरीक्षक यादवमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेका थिए ।
नेपाल–भारत मिडिया फोरमका महासचिव विजय कुशवाहा, नेपाल प्रेस युनियन पर्साका सचिव लालकिशोर सिंह, क्रान्तिकारी पत्रकार संघका पर्सा अध्यक्ष राजाकुमार पटेल (आरके), क्रान्तिकारी पत्रकार महासंघका पर्सा संयोजक दर्पण मतवाली तथा रेडियो वीरगंजका प्रबन्धक एवं नेपाल पत्रकार महासंघका उप–सभापति ध्रुव साह लगायतले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी घटनाको निन्दा, भत्सर्ना एवं दोषी प्रहरी नायब निरीक्षक यादवमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका थिए ।
घटनाको भोलिपल्ट अर्थात साउन १८ गते शुक्रवार विभिन्न ६ वटा पत्रकार सम्वद्ध संघ संगठनले दोषी प्रहरी नायब निरीक्षक विजय यादवमाथि कडा कारवाही एवं सञ्चारकर्मीहरूलाई शान्ति एवं स्वतन्त्रतापूर्वक लेख्न र बाँच्न पाउने अधिकारको ग्यारेण्टीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई, नेपाल भारत मिडिया फोरमका महासचिव विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल पर्साका अध्यक्ष रामराज्य यादव, क्रान्तिकारी पत्रकार संघका पर्सा अध्यक्ष राजाकुमार पटेल (आरके) र मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोषपटेलले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा “कुनै समाचारबारे असन्तुष्टि भएमा त्यसको कानुनी उपचार खोज्नुपर्नेमा कानुनी राज्यको उपहास गर्दै जथाभावि गाली गलौज गरी जुनसकै मुद्दामा फँसाएर मारिदिने लगायतका धम्की दिनु र जिल्ला प्रहरी कार्यालयमा न्याय र शान्ति सुरक्षा माग्ना जाँदा त्यहाँ समेत आएर धम्की दिनुले सुरक्षा अवस्था नाजुक रहेका जनाउँदै दोषी प्रहरी नायब निरीक्षकलाई कडा भन्दा कडा कारवाही नगरिए आफूहरु आन्दोलनमा उत्रने छौं र त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासन हुनेछ भनि उल्लेख गरिएको छ ।
सोही क्रममा प्रनानि यादवको आतंकबाट आतंकीत भएका पत्रकारद्वय क्राइम चेकका सम्पादक सन्तोष मिश्र र नेपाल–भारत मिडिया फोरमा केन्द्रिय अध्यक्ष श्रीराम रायमाझीले शान्ति सुरक्षा कायम गरि दोषी प्रहरी नायब निरीक्षकलाई कारवाही गरी पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा फोन रेकर्डको सिडीसहित निवेदन दर्ता गराएका थिए ।
निवेदन र ज्ञापन पत्र लिएपछि प्रमुख जिल्ला अधिकारीले प्रचलित कानुनको उलंघन गर्न कसैलाई पनि छुट नभएकोले दोषी प्रहरी नायब निरीक्षक यादवलाई कारवाही गरिने कुरामा पत्रकारहरूलाई आश्वस्त पारेका थिए ।
यसैबीच गएको आइतवार प्रमुख जिल्ला अधिकारीले नारायणी अञ्चल प्रहरी कार्यालय वीरगंजलाई पत्र पठाई प्रनानि यादवमाथि आवश्यक कारवाहीकोलागि निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले फोनमार्फत क्राइम चेकलाई जानकारी गराए । जिल्ला प्रशासनले कारवाहीकोलागि अञ्चल प्रहरी कार्यालय नारायणीलाई दिएको निर्देशनको बोधार्थ मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा पनि पठाएको छ ।
यता कारवाहीकोलागि सम्पादक मिश्रले जिल्ला प्रशासनमा निवेदन दिएपछि सई यादवले विभिन्न व्यत्तिहरूमार्फत निवेदन फिर्तालिन दबाव दिन लगाइरहेका छन् । क्राइम चेकका सम्पादक मिश्र भने दोषी जोकसैलाई पनि उन्मुक्ति दिइनु हुँदैन भन्ने पक्षमा रहेकोले आफूले निवेदन फिर्ता नलिने बताउँदै आएका छन् । (२०७० साउन २४ गते प्रकाशित)