क्राइमचेक प्रतिनिधि/
वीरगंज/राजनितिमा झैं ब्यवसायिक क्षेत्रमा पनि केही नारा र शब्दहरु लोकप्रिय हुने गरेका छन् । ती शब्दहरु केही समयसम्म मान्छेको ओठमा झुण्डिएपनि तीनले स्थायित्व भने पाउन सकेको छैन । तीनै मध्येको एउटा हो “ग्रेटर वीरगंज” भन्ने नारा । यो शब्द केही समय अघिदेखि वीरगंका उद्योगी व्यवसायीहरुले खुबै उचालेका छन् । रबर जस्तो तन्क्याएर वा बाहिरबाट लिपपोत गरेर वीरगंज झकिझकाउ र ग्रेट देखिने भए त्यो बेग्लै कुरा हो । वीरगंज उद्योग वाणिज्य संघमा जब–जब नयां नेतृत्व आउंछ तब–तब यसले केही नयाँ शब्द जोश र जाँगरका साथ नयाँ नारा बजारमा खुबै उचाल्छ तर पछि त्यो पञ्चर टायर अर्थात् टांय–टायं फिस्स साबित हुने गरेको छ ।
६ वर्षअघि वीउवा संघका तत्कालिन उपाध्यक्ष अशोक टेमानीले ‘पर्सा भिजन २०२०’ भन्ने योजना ल्याएका थिए । ई.सं. २०२० सम्म पर्सा जिल्लाको आमूल परिवर्तन गर्ने जस्तो गरी घन्कयाईएको त्यो नारा अहिले कुन रद्दीको टोकरीमा बास माग्न गएको छ थाहा भएन । त्यसपछि लामो समयदेखि परेको झरीं केही थामिए
झैं थामिएको ग्रेटर वीरगंजको नारा गतवर्षदेखि धूमधामले बज्न थालेको छ । गत वर्षको असारमा राजधानीबाट निस्कने आर्थिक दैनिकसंग मिलेर वीउवा संघले भव्य कार्यक्रम पनि गर्यो । त्यसमा शहरका गन्यमान्य व्यक्तिहरु बोलाइए तर वीरगंज जहाँको तँही नै रह्यो ग्रेटचाहीं भएन ।
अहिले फेरि वीरगञ्ज शहर चर्चामा छ र ‘गुड मर्नि· ग्रेटर वीरगञ्ज’ को मिठो स्लोगनमा झुमिरहेको छ । दुई महिनाअघि वीउवासंघका वर्तमान अध्यक्षको अगुवाईमा वीरगंज उपमहानगर पालिकासँग सहकार्य गरेर शहरको सडक, नाला र फोहोर सुधार गर्नेबारे सम्बन्धित वडावासीसँग छलफल गरिएको थियो । प्रचारकालागि झाडु लिएर वीरगंज शहरको वर्षौदेखिको फोहोर सफागर्न केही गणमान्यहरु जुर्मुराएको देख्दा केही नभनि रहन सकिन ।
वीरगंज वरपर क्षेत्रको कुरै नगरौं, त्यो त डुबानमा छँदैछ साथै वीरगंजको आदर्शनगर क्षेत्र जहाँ वीरगंजका मात्र नभएर नेपालकै ख्यातिप्राप्त उद्योगी ब्यवसायीहरु बसोबास गर्दछन् । वीउमनपादेखि नेपालका सबै ठूला बैंकहरुको शाखा कार्यालय यहीं छ । तर दु:खको कुरा के पनि हो भने वर्षातमा सबैभन्दा डुबानमा पर्ने पनि वीरगंजको यही क्षेत्र हो । यी उद्योगी व्यवसायीको कार्यालय र निवाससम्म जाने सडकको हालत खस्ता छ । नालाको उचित निकास नहुँदा वर्षामा सडक हिलाम्मे हुन्छ । सरकारलाई करोडौं राजस्व तिर्ने यी व्यवसायीहरुले मिलेर केही लाखमात्र खर्चगर्दा पनि यी अधोगतितिर लम्केका सडकहरु उभों लाग्थे होलान् ?
तर भाषण दिन र खोस्टे योजना मात्र बनाउन खप्पिस वीउवासंघको नेतृत्वले कहिले बुझ्दछ होलाकि देशको आर्थिक नगरी र सरकारलाई वार्षिक ६० प्रतिशतभन्दा बढी राजस्व दिने औद्योगिक करिडोर भनेर जति नै वीरगंज र यो क्षेत्रको स्तुतिगान गरिएपनि आदर्शनगर क्षेत्रको दुरावस्था देखेपछि थाहा हुन्छ यो सबै हात्तीको देखाउने दाँतमात्र हो । जबसम्म आफ्नो घर र कम्पाउण्ड मात्र सफा राख्ने, गाडी चढेर हिडंने, भूईंमा खुट्टा कहिल्यै नराख्ने सफेदपोश व्यक्तिहरुको राजनीति र उद्योग क्षेत्रमा हालिमुहाली रहन्छ तबसम्म वीरगंज ग्रेट त हैन त्यसको उल्टोचाँही अवश्य हुन्छ ।
वीउमनपाका कार्यकारी अधिकृत र पर्साका प्रजिअलाई त सरकारले केहि वर्षकालागि यहाँ खटाएको मात्र हो । उनीहरुलाई यो विषयसंग त्यति सरोकार नहुनपनि सक्छ । वीउमनपा कै अन्य कर्मचारी र वीउवा संघका पदाधिकारीहरु त वीरगंजकै माटोमा हुर्किएका हुन् । तीनलाई त यो शहरका समस्याहरुको बारेमा राम्रैसँग थाहा होला ? अनि किन त यिनलाई यो शहरको सुधार गर्ने ख्याल आउँंदैन त ? दुईवर्ष को आफ्नो कार्यकाललाई केही लोकप्रिय नारा दिएर ब्यवहारमा सिन्को पनि नभाँच्ने गरी पद टिकाउंँदै आएका छन् यिनीहरुले । ग्रेटर वीरगंजको नारा पनि यसबाट अछुतो छ भन्न सकिन्न । केही महिनाअघि वीरगंजका साँघुरा सडकहरुलाई चौडा पार्न सरकारले मुख्य सडकको दुबैतिर २५ मिटर तोड्ने निर्णय गरेको थियो । जसमा धेरैको घर तोडिने भएपछि आफ्ना नाताकुटुम्ब, ईष्टमित्रहरुलाई पर्ने अप्ठ्यारोबाट जोगाउन वीउवा संघको टोली काठमाण्डौं गएर सडक विस्तार गर्नेकार्यलाई रोक्न लगाएको थियो ।
यहाँका उद्योगी व्यवसायीले बारा–पर्सा करिडोरलाई औद्योगिक करिडोरको मान्यता दिन सरकारसँग पनि माग गर्दै आएकाछन् । तर उनीहरुको यो माग सरकारले पूरा गरेको छैन । जुन क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन उनीहरु सरकारसँग माग गरिरहेका छन् । त्यो त पहिलाको वीरगंजदेखि अमलेखगञ्जसम्मको रेल गुड्ने ठाउं हो । जसलाई पछि जोडेर त्रिभुवन राजपथ बनाइएको जानकारहरुको भनाई छ । भारतसँग अत्यन्त नजिक, यातायातको सुविधा र मजदुरहरुको उपलब्धताले गर्दा यो क्षेत्र स्वस्फूर्त रुपमा औद्योगिक क्षेत्रको रुपमा फैलिदैं गयो । वीउवासंघमा अध्यक्ष बन्ने हरेकले आफ्नो कार्यकालमा सरकारबाट विधिवत रुपमा औद्योगिक क्षेत्रको घोषणा गराएर त्यसको जस आफु लिन चाहन्छन् । ग्रेटर वीरगंजको अवधारणा पनि त्यस्तै अमूर्त योजना हो जसले मूर्तरुप लिनसकेको छैन । वीउवासंघको आठजनाको टोली वीरगंजलाई ग्रेटर बनाएरै छाड्नकालागि राजधानी पुगेर त्यहाँ मन्त्री र सचिवलाई भेटेर आफ्नो योजनापनि अवगत गराईसकेको छ । त्यहाँ सरकारका मन्त्री र सचिवले सोध्नुपर्ने थियो नि ६ वर्षअघिको पर्सा भिजन २०२० के भयो ? त्यो कुन रद्दीको टोकरीमा छ ?
वीरगंज त ग्रेट थियो र छ पनि । मात्र यसका तीनवटा क्षेत्रमा सुधार गर्नसके पुग्छ । पहिलो हो राजधानी बाहिर खोलिएको देशकै पहिलो र प्रतिष्ठित ‘क’ वर्गको ठाकुरराम बहुमुखी क्याम्पसमा हुने राजनीतिक गुण्डागर्दी बन्द गराएर नियमित पठनपाठन गराउन पहल । दोश्रो राजधानीको वीरअस्पतालसंगै जुम्लयाहा भएर जन्मेको नारायणी उपक्षेत्रीय अस्पतालको भौतिक तथा व्यवस्थापकीय सुधार जहाँबाट उपचार गरेर फर्किंदा विरामीहरु तँग्रिएर निस्कुन् । त्यस्तै अर्को हो वीरगंजका नाला र खाल्डाखुल्डीमा परेका सडकहरुको मर्मत सम्भार र सडकमा ढलिमली गरेर हिंड्ने छाडा सांढे र गाईलाई नियन्त्रण । यतिमात्र नै सुधार गरिदिएपनि वीरगंजेलीहरु कृतार्थ हुनेछन् होला । (२०७० साउन १७ गते प्रकाशित)