जातीय पहिचानकै आधारमा संघीयता कायमगरि आदिवासीको हक अधिकार कार्यान्वयन नगरिए आदिवासी अगुवाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । १९ औँ बिश्व आदिवासी दिवसका अवसरमा आज हेटौँडामा आयोजित ‘संबिधानमा आदिवासी जनजातिको सहभागिता र सवाल’ बिषयक अन्त्ररक्रियाका सहभागिले यस्तो बताएका हुन् । उनीहरुले सरकारले आदिवासीसँग गरेको सम्झौता
र अन्तराष्ट्रिय कानुन अनुसार बर्षौदेखि उत्पीडत र पछाडी पारिएका आदिवासीले अधिकार नपाए सडक संघर्ष गर्ने चेतावनी दिएका थिए । उनीहरुले राजनितिबारे आदिवासीलाई सचेत बनाउँदै प्रतिनिधित्व बृद्धि गर्नुपर्नेमापनि जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरले आयोजना गरेको कार्यक्रम जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामेश्वर राना, एनेकपा माओबादीका सह–ईन्चार्ज एवंम् संबिधान सभाका पूर्व सभाषद प्रल्हाद लामिछाने, नेपाली काँग्रेसका चिनियाँमान लामा, नेकपा मालेका जिल्ला सचिब भिमसेन महत, नेकपा–माओवादीका पृथक लामा, संघीय समाजवादी पार्टीका शुभरत्न गोले, राप्रपाका सिताराम बर्तौलाले बोल्नु भएको थियो । त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका निबर्तमान अध्यक्ष बुद्ध लामा, नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय सदस्य सुनिल मोक्तान, नेपाल मगर संघका केन्द्रिय सदस्य बिश्व आले मगर, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, नेपाल मगर महिला संघकी डेनिज थापा मगर लगाएतलेपनि कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका सह सचिब जंगबहादुर गुरुङ्गले सहजिकरण गर्नुभएको थियो । दिवसको नारा ‘१९ औँ बिश्व आदिवासी दिवस २०७० को सन्दर्भमा आदिवासी जनजातिको अभियान ! पूर्णसमानुपातिक, समावेशी, प्रतिनिधित्व र पहिचान सहितको संघीयताको लागि नयाँ संबिधान सभाको निर्वाचन !!’ भन्ने रहेको छ ।
बिश्व आदिवासी दिवसकै अवसरमा आजै हेटौँडामा रक्तदान गरिएको छ । नेपाल तामाङ्ग घेदुङ मकवानपुरले आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा संबिधान सभाका पूर्व सभाषद दिलबहादुर घिसिङ्ग ‘फुर्बा’सहित ३६ पुरुष र छ महिलाले रक्तदान गरेको तामाङ्ग घेदुङका जिल्ला सचिब लिलाकुमार घलानले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम नेपाल तामाङ्ग घेदुङकी जिल्ला उपाध्यक्ष जानकी लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा तामाङ्ग घेदुङका केन्द्रिय सदस्य सुनिल मोक्तान र नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापती सुर्यचन्द्र न्यौपानेको बिशेष आतिथ्य रहेको थियो ।
र अन्तराष्ट्रिय कानुन अनुसार बर्षौदेखि उत्पीडत र पछाडी पारिएका आदिवासीले अधिकार नपाए सडक संघर्ष गर्ने चेतावनी दिएका थिए । उनीहरुले राजनितिबारे आदिवासीलाई सचेत बनाउँदै प्रतिनिधित्व बृद्धि गर्नुपर्नेमापनि जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरले आयोजना गरेको कार्यक्रम जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामेश्वर राना, एनेकपा माओबादीका सह–ईन्चार्ज एवंम् संबिधान सभाका पूर्व सभाषद प्रल्हाद लामिछाने, नेपाली काँग्रेसका चिनियाँमान लामा, नेकपा मालेका जिल्ला सचिब भिमसेन महत, नेकपा–माओवादीका पृथक लामा, संघीय समाजवादी पार्टीका शुभरत्न गोले, राप्रपाका सिताराम बर्तौलाले बोल्नु भएको थियो । त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका निबर्तमान अध्यक्ष बुद्ध लामा, नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय सदस्य सुनिल मोक्तान, नेपाल मगर संघका केन्द्रिय सदस्य बिश्व आले मगर, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, नेपाल मगर महिला संघकी डेनिज थापा मगर लगाएतलेपनि कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका सह सचिब जंगबहादुर गुरुङ्गले सहजिकरण गर्नुभएको थियो । दिवसको नारा ‘१९ औँ बिश्व आदिवासी दिवस २०७० को सन्दर्भमा आदिवासी जनजातिको अभियान ! पूर्णसमानुपातिक, समावेशी, प्रतिनिधित्व र पहिचान सहितको संघीयताको लागि नयाँ संबिधान सभाको निर्वाचन !!’ भन्ने रहेको छ ।
आदिवासी दिवसमै घेदुङको रक्तदान