स्वतन्त्र पत्रकार सघ नेपालको बैठक सम्पन्न

नन्दराम पौडेल
कपिलवस्तु साउन २५गते
स्वतन्त्र पत्रकार सघ नेपाल जिल्ला शाखा कपिलवस्तुको बैठक सघका केन्द्रीय सचिव नन्दराम पौडेलको आथित्वमा तौलिहवामा सम्पन्न भएको छ ।
बैठकले प्रथम जिल्ला अधिबेसनमा आर्थिक सहयोग पुर्याउने ,वार्षीक ७ हजारको पत्रकारीता पुरस्कारका लागी सहयोग पुरु्याउने ऋषि गैरे तथा विभिन्न पत्रपत्रिका रेडियो मार्फत शुभकामना दिने तथा सुबेक्षा ब्यक्त गर्ने संघसस्था तथा शुभ चिन्तकहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । यसै गरी बैठकले आगामी दिनमा संचालन गरिने कायक्र्रमहरुको वार्षीक कार्ययोजना बनाउन अध्यक्ष
सुरेन्द्रराज लम्साल,केन्द्रीय पार्षद,बनारशी बर्मा,सल्लाहकार भक्तिराम पन्थि उपाध्यक्ष कोपिला पोखरेल र सचिव पार्वती आर्चायलाई जिम्मा दिने निर्णय गरेको छ ।

संघको बैठकले जिल्लाका पत्रकारहरुको औषधी उपचार,आर्थिक सहयोग ,लेखनबृत्ति सम्मान तथा पुरस्कारका लागी कल्याणकोष स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ । स्वतन्त्र पत्रकार संघमा आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागी आधारभुत पत्रकारीता तालिम संचालन गर्न विभिन्न निकायसगं सहकार्य गरी संचालन गर्ने र जिल्लाका महत्वपुर्ण सवालहरुमा नागरीकको सहभागीतामा संवाद कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष सुरेन्द्रराज लम्सालले बताएका छन ।

बैठकमा संघका केन्द्रीय सचिव नन्दराम पौडेलले स्वतन्त्र निश्पक्ष र ब्यवसायिक रुपमा पत्रकारीताका लागी सवै पत्रकारलाई आग्रह गरेका थिए । यसैगरी एडभोकेसी फोरमका संयोजक ओम प्रकास अर्यालले स्वतन्त्र पत्रकार बन्न चुनौती रहेको बताउदै ब्याबहारमा स्वतन्त्र बन्न सुझाव दिएका थिए । बैठकमा सल्लाहकार भक्तिराम पन्थि,केन्द्रीय पार्षद बनारशी बर्मा लगाएत कार्य समितिका सदस्य तथा आमन्त्रीत सदस्यहरुले सुझाव दिदै स्वतन्त्र पत्रकार संघलाई अगाडी बढाउन आफुहरु सकृय रुपमा सहयोग गर्ने बताएका थिए ।

बैठक अध्यक्ष सुरेन्द्रराज लम्सालको अध्यक्षता र सचिव पार्वती आर्चायको संचालनमा एडभोकेसि फोरमको हल तौलिहवामा सम्पन्न भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment