वीरगंजको एडभान्स मेडिकेयर हस्पिटलबाट निष्कासित कर्मचारीहरुले पुनर्वहालीको माग गर्दै हस्पिटल अगाडि शुरु गरेको धर्ना आज चौँथो दिन पनि जारी छ । हस्पिटलमा कार्यरत ९ जना कर्मचारीलाई व्यवस्थापकले विनाकारण निष्कासन गरेको भन्दै कर्मचारीहरु धर्नामा बसेका हुन् । नेपाल सरकारले तोके अनुसारको तलब भत्ता माग गर्दा व्यवस्थापनले कर्मचारीलाई नै निष्कासन गरेपछि बाध्य भएर धर्ना बस्नु परेको एडभान्स मेडिकेयर हस्पिटल स्वास्थ्यकर्मी संघका अध्यक्ष पंकज झाले बताउनुभयो । सरकारले निर्धारण गरेको न्यूनत्तम पारिश्रमिक ८ हजार पनि व्यवस्थापकले कर्मचारीहरुलाई उपलब्ध नगराएको झाले गुनासो गर्न भयो । यसै विच कर्मचारीहरुले गरेको धर्ना प्रति नेपाल ट्ेरड युनियन काँग्रेस स्वतन्त्र पर्साले ऐक्यबद्धता जनाएको छ । निष्कासित कर्मचारीलाई यथासिघ्र पुनर्वहालि गरि बार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि युनियन पर्साका अध्यक्ष लक्ष्मण प्रसाद कुर्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
SHARE THIS