सोसल रिपब्लिकन पार्टीको पर्सा र चितवन जिल्ला समिति गठन

वीरगंज ७ गते भाद्र ।
             सोसल रिपब्लिकन पार्टीका केन्द्रिय अध्यक्ष रामबाबु राय यादबको प्रमुख आतिथ्यमा पर्सा जिल्लाको राणीसति अतिथी सेवा सदनमा बसेको पार्टी भेलाले नारायण पटेलको अध्यक्षतामा १३ सदस्यीय पर्सा जिल्ला कार्य समिति गठन गरिएको छ ।
भने पार्टी उपाध्यक्षमा शोभा साह, सचिवमा धर्मनाथ कुशवाहा, सह सचिवमा जगदिश साह तुरहा, कोषाध्यक्षमा विणा गुरुङग रहेका छन् । यसैगरि सदस्यहरुमा उदय कान्त झा, अनिल झा, मो. रेहान इब्राहिम, संतोष कुमार साह, करन कुमार चौधरी, जिबरैन अंसारी, बनिता गोयल चयन भएको कुरा पार्टी प्रवक्ता पुरुषोतम दुवेले बताएका छन् ।
त्यसैगरी सोसल रिपब्लिकन पार्टीका केन्द्रिय महासचिव ओम भण्डारीको प्रमुख आतिथ्यमा चितवन जिल्लामा भएको पार्टी भेलाले उतम सिंमडाको अध्यक्षतामा १७ सदस्यीय चितवन जिल्ला कार्य समिति गठन गरिएको छ ।
भने पार्टी उपाध्यक्षमा केशव दर्जी प्रसित, सचिवमा रविलाल पाण्डे, सह सचिवमा कृपा अधिकारी, कोषाध्यक्षमा रमेश ढकाल रहेका छन् । यसैगरि सदस्यहरुमा राजेन्द्र पाण्डे, अर्जुन पौडेल, चिरन बहादुर अधिकारी, रुथ तमाङग, नवराज तिवारी लगायत चयन भएको कुरा पार्टी केन्द्रिय सदस्य भुपेन्द्र पौडेलले बताएका छन् ।


SHARE THIS

Author:

Facebook Comment