प्रहरीको विषयमा अलोचनात्मक प्रतिकृया दिनुस् : एस.पी. सिंह


वीरगंज, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले पर्सा जिल्लालाई अपराधमुक्त जिल्ला बनाएर जिल्लावासीलाई शान्ति सुरक्षाको अनुभूति गराउनु नै आफ्नो
प्रमुख दायित्व भएको बताउनुभएको छ ।
गएको सोमवारदेखि जिल्ला प्रहरीको नेतृत्व र कार्यभार सम्हालेका प्रहरी उपरीक्षक सिंहले बुधवार स्थानीय संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा सो प्रतिवद्धता जनाउनुभएको हो ।
उनले पर्सा जिल्लामामा व्याप्त तस्करी नियन्त्रण, भूमिगत सशस्त्र संगठनको आतंक नियन्त्रण, सांगठनिक अपराध न्यूनिकरण र आगामी संविधानसभालाई मध्यनजर गरी विशेष शान्तिसुरक्षाको कायम गर्ने चारवटा कार्यलाई विशेष प्राथमिकतामा राखेको उपरीक्षक सिंहले बताएका छन् ।
पर्सा जिल्लामा खुल्ला सीमानाका फाइदा उठाउँदै तस्करहरुले गर्ने गरेको तस्करी, अवैध लागुऔषध, गाँजा, चरेस लगायतका कारोबार, जालीनोट कारोबार तथा अपराधीहरुलाई संरक्षण गर्ने गिरोहहरुलाई
तह लगाउन आफू लागिपर्ने बताए ।
उनले प्रहरी भित्रका गलत प्रवृत्तिलाई अनुशानमा राखेर, जनतासँग दुव्र्यव्यवहार गरी प्रहरीको नाम बदनाम गराउने प्रहरीहरु विरुद्ध कारवाही गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
उनले प्रहरीको गुण र दोष हेरेर आलोचनात्मक विश्लेषण गरिदिनुहुन पर्सेली सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
प्रहरी उपरीक्षक सिंहले पर्सेली जनताहरुले विगतका दिनमा अनुभूति गर्दै आएका शान्ति सुरक्षालाई आगामी दिनमा अझैं सुदृढ गरी त्यसलाई निरन्तरता दिन पर्सा प्रहरी सदैव तत्पर रहने विश्वास दिलाउनुभयो । प्रहरीलाई निष्ठापूर्वक आफ्नो जिम्मेवारी वहन गर्न र जिल्लावासीलाई शान्नि सुरक्षाको अनुभूति गराउन प्रहरीले गर्ने काममा पर्सेली सञ्चारकर्मीहरुको पनि उल्लेख सहयोग रहने प्रहरी उपरीक्षक सिंहको विश्वास थियो ।
 यसैबीच प्रहरी उपरीक्षक सिंहसँगै जिल्ला प्रहरी कार्यालयमा आउनुभएका प्रहरी नायब उपरीक्षक श्याम महतोले पनि सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा सहभागि भएका थिए ।
प्रहरी उपरीक्षक सिंह यसअघि महानगरीय प्रहरी कार्यालय काठमाण्डौमा कार्यरत थिए भने प्रहरी नायब उपरीक्षक महतो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट हालै पदस्थापन भई वीरगंज आउनुभएको हो ।
प्रहरी उपरीक्षक सिंहको कार्यकालमा पर्सेली जनताहरुलाई ऐतिहासिक शान्ति सुरक्षाको अनुभूति गराउन सिंहको कार्यकाल सफल होस भन्ने शुभकामना पर्सेली सञ्चारकर्मीहरुले गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment