वीरगंज, १६ साउन/लायन्स क्लव अफ वीरगंजका विभिन्न तीनवटा लायन्स क्लवको संयुक्त आयोजना एवं एम.के केडिया डेन्टल कलेजको सहयोगमा बुधवार वीरगंजमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको छ ।
वीरगंजको गहवास्थित सालोम माध्यमिक विद्यालयको प्राङ्गनमा राखिएको सो निःशुल्क दन्त परीक्षण शिविरमा ३१६ जना विद्यार्थीहरुले दन्त परीक्षण गराएका थिए ।
एम.बि केडिया डेन्टल कलेजका डा. सरताज सिंह वजिर, डा. शशीकान्त चौधरी, डा. नविन चन्द्र बजगाईं, डा. किसन बहादुर खत्री लगायतले परीक्षण गर्नु भएको थियो ।
सो शिविरमा दाँत नराम्ररी बिग्रिएकाहरु पनि फेला परेका थिए । शिविरमा दाँत र मुखको सफाइबारे विद्यार्थीहरुलाई दन्त चिकित्सकहरुले प्रशिक्षण समेत दिनुभएको थियो ।
शिविरमा लायन्स क्लवका जोन चेयर पर्सन देवानन्द चौधरी, लियो चेयर पर्सन तथा लायन्स क्लव इनोगेटिभका राघव आचार्य, लायन्स क्लव अफ वीरगंज ग्रीनका अध्यक्ष उमेश साह कानु, संजय अग्रवाल, लायन्स क्लव अफ ग्रीनका फस्ट भिपी किरण अग्रवाल, सचिव वैधनाथ राम, सदस्यहरु नविन कार्की, अरुण जैसवाल, भुपु अध्यक्ष विनोद गुप्ता, पप्पु गुप्ता, रामेश्वर जैसवाल, किशोर गुप्ता, प्रकाशजी तथा सहयोगीहरुमा धिरेन्द्र तिवारी, शैलेज अधिकारी, शेखर कार्की शंकरजी लगायतका लायन्स क्लवका अन्य पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने शिविर सञ्चाल भएको स्कूल व्यवस्थापनले समेत कार्यक्रम सफल पार्न सहयोग गरेको थियो ।