सुचनाको हक सम्बन्धी अभिमुखिकरण सम्पन्न


नागरिक अभियानद्धारा आयोजित सुचनाको हक सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गैर सहकारी संस्था हैल्पि· हेण्ड्सको संयोजनमा आयोजित अभिमुखिकरणमा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरणमा वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झाले पारदर्शीता र जवाफदेहीताका लागी सूचनाको हक ज्यादै महत्वपूर्ण भएको बताउनु भयो ।
त्यसै गरि सूचना आयोगका पूर्व आयुक्त श्री आचार्यले आम नागरिकमा सूचनाको हक स्थापित गर्न आयोगले महत्वपूर्ण भूमीका निर्वाह गरि रहेको बताउनु भयो ।
अभिमुखिकरणमा प्रशिक्षक टंक अर्यालले सूचनाको हकबारे जानकारी दिंदै प्रत्येक नेपाली नागरिकले सार्वजनिक चासोका विषयमा सार्वजनिक निकायबाट सूचना माग्न पाउने अधिकार रहेको बताउनु भयो ।
हेल्पिङग ह्याण्डसका अध्यक्ष जयमोद ठाकुरले अभिमुखिकरणमा सहभागीहरु मार्फत् सार्वजनिक निकायबाट सूचना माग्नका लागी निवेदन दिन लगाउने र सार्वजनिक चासोका सुचना सार्वजनिक गरिने जानकारी दिनु भयो ।

SHARE THIS

Author:

Facebook Comment