वर्तमान राजनीतीक परिप्रेक्ष्यमा यूवा तथा विद्यार्थीको भुमिका विषयक अन्तरकृया कार्यक्रम पोखरिया स्थित जिल्ला उच्चाङ्गल उच्च माविको सभाहलमा सम्पन्न भएको छ ।
स्वतन्त्र नागरिक समाज पर्साको आयोजनामा उच्च माविका प्राचार्य उमेश चौहानको सभापतित्व तथा स्वतन्त्र नागरिक समाज पर्साका संयोजक अनिल कुमार वर्णवालको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा स्वतन्त्र नागरिक समाज पर्साका संयोजक वर्णवालले वर्तमान अवस्थामा मुलुक लाई राजनितीक निकास दिन तथा राज्यका सर्व साधारण जनताको हक, अधिकार, सुनिश्चित गर्ने गराउने कार्यमा युवा तथा विद्यार्थीहरुले ठुलो भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।
राजनितीक दलका नेता, कार्यकर्ताको बहकाउ तथा कुनै किसिमको प्रलोभनमा नपरी मुलुकका लागि एउटा सबल, कर्मठ र योग्य व्यक्तिको हातमा मुलुक तथा सम्पुर्ण नेपाली जनताहरुको भविष्य लेख्ने जिम्मेवारी दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा पोखरिया उच्च मावि लगायत अन्य विद्यालयबाट समेत सहभागिता जनाएका विद्यार्थी हरुले विषयबस्तु माथि चासो राख्दै आफुहरुको तर्फबाट मुलुकलाई निकास दिनका लागि सक्दो प्रयास गर्ने तर्क राखेका थिए ।
कार्यक्रममा पर्सेली शिक्षक जवाहर चौहान, विनोद चौहान, श्याम घिमिरे, मनोज सोनी, सादिप चौरसिया, मोहन यादव लगायतका मन्तव्य व्यक्त गर्नुभएको थियो ।