ठुलो संख्यामा भारतिय चल्ला पक्राउ


देशको बिभिन्न स्थानमा बर्डफलु संक्रमित कुखुरा भेटिरहेको अवश्थामा रौतहट प्रहरीले ठुलो संख्यामा प्रतिबन्धित भारतिय कुखुराको चल्ला पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक रबिन बिष्टको नेतृत्वमा गएको टोलीले सदरमुकाम गौर नजिकै मुडवलवागाँउ छेउबाट गएराती १२ बजे एकहजार दुइसय भारतिय चल्ला पक्राउ गरेको हो ।
सिमावर्ती भारतिय बजार बैरगनियाबाट अबैधरुपमा तस्करहरुले प्रतिबन्धित भारतीय कुखुराका चल्ला भित्र्याइरहेको बिषेश सुचनाको आधारमा उक्त चल्ला पक्राउ गरिएको रौतहटका प्रहरी उपरिक्षक गोबिन्दराम परियारले बताउनुभयो  ।
पक्राउ गरिएका चल्ला पशु क्वारेन्टाइनको रोहवरमा नष्टगरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चल्ला तस्करहरुभने प्रहरी गस्तिटोलीलाइ देख्नासाथ चल्ला छोडेर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment