आज साउन महिनाको दोस्रो सोमबार देशभरका शिव मन्दिरहरुमा हिन्दु महिलाहरुको शिबको पूजा आरधानाकोलागी भिड लागेको छ ।
साउन महिनाको सोमबार शिबको ब्रत बसे मनले चिताएको कुरा पुरा हुने धार्मिक आस्थाका आधारमा नेपाली हिन्दु महिलाहरु पहेलो र हरिया,रातो बस्त्र धारण गरी देशभरका शिब मन्दिरहरुमा जल चढाउने र पूजा आरधाना गर्ने परम्परा रहि आएको छ ।
यसैबिच आज वीरगंजको अलखियामठ स्थित शिब मन्दिर, पर्साको रामभौरीभाठा स्थित दुधेश्वर नाथ महादेबको मन्दिर,बाराको काठघाटमा रहेको सहजनाथ शिब मन्दिर,कलैयाको सिद्धेश्वर शिब मन्दिरमा दर्शनार्थीहरुको ठुलो घुईचो लागेको छ ।
पर्साको रामभौरीभाठा स्थित दुधेश्वर नाथ महादेब मन्दिरमा साउन महिनाभरी मेला लाग्ने गर्दछ भने सो मन्दिरमा बारा,पर्सा,रौतहट,चितवन,मकवानपुर तथा छिमेकी देश भारतका दर्शनार्थीहरु समेत पूजाआराधाना र मेला भर्नकालागी आउने गर्दछन् ।