प्रचण्ड गर्मी र बर्षासंगै बारा,पर्सा,रौतहट जिल्लामा फैलिएको भाईरल ज्वरोको कारण स्थानिय जनजिवन प्रभाबीत भएको छ ।
पछिल्लो ३ साता यता वीरगंज लगायत बारा,पर्सा,रौतहट जिल्लामा रहेका अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा भाईरल फिभर तथा आउ, हैजा, टाईफाईड झाडा पखालाका बिरामी हरुको संख्या अत्याधिकरुपमा बढेको छ ।
वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मात्रै दैनीकरुपमा ४० जनाभन्दाबढि भाईरल फिभरबा बिरामीहरु उपचारार्थ आउने गरेको बरिष्ठ फिजीशियन डाक्टर श्यामसुन्दर दासले बताउनुभयो ।
मौषम परिवर्तन, जथाभाबी खानपान, बढ्दो प्रदुषण जस्ता कारणले भाईरल ज्वरो तथा आउ, हैजा, टाईफाईड झाडा पखालाका बिरामी हरुको संख्या अस्पतालमा बढेको चिकित्सक दासले बताउनुभयो ।
गर्मीसंगै फोहोरको उचित ब्यबस्थापन नहुदा तराईका जिल्लाहरुमा भाईरल ज्वरो तथा झाडापखाला आउ हैजा,टाईफाईडको प्रकोप देखिएको चिकीत्सकहरुले बताएका छन् ।