पुर्ब(पश्चिम लोकमार्ग अन्तर्गत बारा जिल्लाको अमलेखगन्जमा आज बिहान भारतीय यात्रु बाहक बस र मालबाहक ट्रक एक आपसमा ठक्करखादा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २८ जना घाईते भएका छन् ।
हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको यु पी ७२३/२९९८ नम्बरको यात्रु बाहक बस र पथलैयाबाट हेटौडा तर्फ जादै गरेको ना २ ख ९३०२ नम्बरको ट्रक तिब्र गतीको कारण एक आपसमा ठक्करखादा भएको दुर्घटनामा बसमा सवार भारत सितामढिका ४५ बर्षिया मिठाईलाल जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा घाईते भएका २८ जनालाई स्थानिय बासिन्दा र प्रहरीले तत्काल उद्धार गरी हेटौडा र चितवन स्थित भरतपुर शिक्षण अस्पतालमा उपचारकालागी पठाइएको ईलाका प्रहरी कार्यालय सिमरा बाराले जनाएको छ ।
दुर्घटनापछि भारतीय बस तथा ट्रकका चालक फरार रहेको र गाडी प्रहरीको नियन्त्रणमा रहेको सिमरा प्रहरीले जनाएको छ ।