काठमाडौं, श्रावण १४ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले असन्तुष्ट दलहरुको माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पद त्याग्नुपर्ने बताएका छन् । रिपोटर्स क्लवले आज राजधानीमा गरेको कार्यक्रममा उनले एउटा व्यक्तिका कारण मुलुक बन्धक हुन नहुने बताए ।
एउटा व्यक्तिको लहडमा मुलुक हिंड्नु दुर्भाग्यपूर्ण भएको कोइरालाको भनाई थियो ।
कार्यक्रममा एमाले नेता प्रदीप ज्ञावलीले भने निर्वाचनको मिति सार्ने तथा सरकार फेर्ने विषयमा सहमति गर्न नसकिने बताए ।
त्यसैगरी नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले ठूला भनिएका दलहरुका कारण मुलुकमा झन् अन्योल बढेको आरोप लगाए ।