पहिला यो शर्त अनि मात्र बार्ताः वैद्य

काठमाडौं, वैशाख २७ । सरकार गठन प्रक्रियाको विरोध गर्दै सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको नेकपा–माओवादीले आज वार्ताका लागि विभिन्न शर्त राखेर सरकारलाई पत्र पठाएको छ । –माओवादी अध्यक्ष मोहन बैद्यले आज वार्ताका लागि सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति खारेज हुनुपर्ने र नागरिकता ऐन संशोधन विधेयक खारेज हुनुपर्ने लगायतका शर्त राखेर पत्र पठाएका हुन् । 

त्यस्तै, वैद्यले पठाएको पत्रमा वर्तमान सरकार गठनका लागि गत चैत्र १ गते भएको २५ बुँदे बाधाअड्काउ आदेश खारेज गर्न समेत माग गरिएको छ । 

आफ्ना शर्त मान्न सरकार तयार भए मात्र वार्ता हुने पनि वैद्यले स्पष्ट पारेका छन् ।

SHARE THIS

Author:

Facebook Comment