लोकमान नियुक्तिमा कोइरालाले माफी मागे, भने–‘रेग्मीले टेरेनन्’

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकमानसिंह कार्की अख्तियार प्रमुखमा नियुक्त हुनु दुखद भएको भन्दै जनतासँग माफी मागेका छन् । आज कीर्तिपुरमा बीपी चिन्तन प्रतिष्ठानको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले आफूहरुले अन्तिमसम्म पनि कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय सच्चाउन प्रयास गरेको तर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले त्यसलाई बेवास्ता गरेको दाबी गरे ।

 
प्रमुख चार दलका शीर्ष नेताहरु र रेग्मीबीचको छलफलमा आफू र एमाले अध्यक्ष झलनाथ खनालले पटक–पटक निर्णय सच्यचाउन सुझाव दिएको कोइरालाले दाबी गरे । 

राष्ट्रपतिबाट पनि लोकमानको नियुक्तिको सिफारिस अस्वीकृत हुने आफूहरुले आशा गरेको भएपनि राष्ट्रपतिले पनि हतार–हतार कार्कीलाई शपथ खुवाएको भन्दै कोइरालाले दुखेसो पोखे ।

तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरका प्रतिनिधिहरु रहेका छन् । सम्मेलनमा बीपीको लोकतान्त्रिक समाजवाद, भ्रष्टाचार, सहकारी, लगायतका ८ वटा विषयका कार्यपत्र प्रस्तुत हुनेछन् ।
श्रोतःईमेज

SHARE THIS

Author:

Facebook Comment