शिशु चोरी बिक्री गर्ने गिरोह को खुलाशा

शिशु तस्करीको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बारा जिल्ला पिपरपाति गाविस वडा नं. ९ निवासी योगेन्द्र महतोलाई चोरी गरिएको ७ महिने शिशु सहित प्रहरीले पक्राउ गरिएको हाम्रा समाचारदाताले जनाएको छ ।
भारत सिंग्रैहिया थाना माधोपुर निवासी रामलाल मिश्रले आफ्नो ७ महिनाको छोरीलाई १० दिन अघि महतोले चोरी गरि आएको भनि दिएको उजुरीको आधारमा भारतीय प्रहरी सहित पिपरपाती प्रहरी चौकीबाट खटेका टोलिले बालकलाई उद्दार गर्नुको साथै महतोलाई पक्राउ गरिएको हो ।

अनुसन्धानबाट महतोले शिशु चोरी एवं अपहरण गरेर अन्य गिरोह सँग विक्रि गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment