याशिन राई
कुरा यहीं शनिबार बेल्काको हो, म गएको ९ दिन देखि अस्पताल र अपार्टमेन्ट
ओहर–दोहरमा अभ्यस्त छु ।
यो गर्मीमा आउ–जाउ गर्न
सजिलो काहाँ छ र तर आफ्नो काम नै यस्तो छ कि चाहे हुरी–बतास झरी नै किन न आओस ड्युटी त गर्नै
पर्यो । खैर, म मेरी हजुर
आमा कुन दिन डिस्चार्ज हुन्छिन् होला भनि हर–पल गनी–२ समयसँग चल्दैछु । गए शनिबार हामी सबैलाई
अबगत भएकै कुरा हो शनिबार (इजरायलमा) अबेर अबेर खुल्छन् (शब्बात पछी भनेको साँझ
पछि) म तेल शोमेय अस्पतालबाट ढिलै गरि निस्के अपार्टमेन्ट जान किनकी मलाई
येक्ज्यट्ली थाहा नि थिएन त्यहाँ तखाना (बस स्टेसन) मा बस कति बजे बस आइपुग्छ
भन्ने ।
चिसो हावासँगै सुन्दर साँझको आँचलले पृथ्वीलाई सप्को मारी
सकेकी थिइन् । यसो हेरे २÷३ जना बटुवा म
जस्तै आफ्नो गन्तव्यमा पुग्न बस नै कुर्दै थिए । मन ढुक्क भो बिरानो शहरमा व्यक्ति
जन्तुको दर्शन ले एक–प्रकारको साहस
नै मिल्दो रहेछ नचिनेको नै किन नहोस । इजरायललाई नारी प्रधान देश पनि भनिन्छ र
यहाँ कसैले पनि जिस्क्याउने दुस्साहस
गर्दैनन् नियम निकै कडा छ । यसैले पनि हामी
जस्ता फरेन वर्करलाई ढुक्क छ । हामी जुन सुकै समयमा हिंड्न सक्छौं डुलन सक्छौँ ।
यसैले महिलाहरुको लागि विशेष सुरफ्ति पनि मानिन्छ इजरायल, र छ पनि । म पनि अलग्गै उभिएर बस पर्खे
करिब आधा घन्टाको प्रतीफ पछी बस स्वार्र ........ आइपुग्यो ठूलो साहस आयो लौ अब
आफ्नो गन्तब्यमा पुगिने भइयो । त्यहाँ उभिएका, बसेका सबै पसे र म पनि लागे पछि ....। पैसा दिएर सिटमा बसें
। मनमा नानाथरी कुराहरु खेल्दै थिए .... मान्छेलाई परिस्थितिले कतिसम्म कस्दो रहेछ
र खुम्च्याउँदो रहेछ । विवश बनाउँदो रहेछ आफ्नो सबै परिवारबाट कोसौं दूर यस बिरानो
ठाउँमा......भाग दौडमा म जस्ता हजारौं नेपाली दिदी बहिनी , दाजुभाइहरू सुन्दर सपना स्मृतिमा सजाई
आउनु भएको छ याथार्थमा उतार्न
ः...............र म पनि त्यसै हुल–मुलको भूमरीमा
आशाको रस्सीमा अंकुश लाउन दौडदै छु ।
बस आफ्नै गतिमा
अघि बडी रहेको थियो अरु बेला भन्दा केहि बडी रफ्तारमा किनकी आज शब्बात (शनिबार)
त्यति सवारी साधनहरुको चाप हुन्न । तेश्रो स्टेसनमा आइपुगे पछी थुप्रै मान्छेहरुको
हुलमा एक बच्चा र आमा नि चढे । म मान्छेहरु चढेको कोहि गफ गर्दै गरेको त कोहीं
फोनमा बोल्दै गरेको सबै आ–आफ्नै धुनमा
रहेको हेरीरहेकी थिएँ...उनी आप्रवासी थिइन् । म उनलाई हेरेर सजिलै अडकल बाजी लाउन
सक्थे किनकी उनि काली–२ थिइन् । उनी
अफ्रिकन हुनु पर्छ । कति जुइस नै हुन् र कति अफ्रिकनहरूले हामी जुइस हौँ भनि नाता
गाँसेर थुप्रै भित्रिएका छन इजरायल । कति त उनीहरु निकै अब्बल पनि छन् स्वीपर
लाउने देखि सरकारी उच्च तह सम्ममा कार्यरत छन् ।
ती दुइ आमा छोरी मेरै सिट अगाडी बसे । बस्न साथ सलले आफ्नो
मुख छोपेर निरन्तर उनी खुब रोइन कसैले थाहा नपाउने गरि आफ्नो लाज लुकाउदै थिइन् तर
ती छोपिएका लाज स्पषट देखिन्थ्यो । मेरो मन अत्यन्तै अमिलो भएर आयो ती महिला घुक्क–२ रोएको देख्दा, चुप–चाप नदेखे झैं
गरे । अघि निन लाग्न आँटेको थियो त्यो कता हरायो बिलायो उनको सानी बच्चीले उनलाई
सुम–सुम्याउँदै मामा–मामा भनिन् । त्यस फ्ण र पल उनी त्यस
बच्चीलाई अँगालो मारेर म्वाई खाइन अनि आफ्नो अविरल आँशुलाई लुकाने चेस्टा गर्दै
थिइन् । आफ्नी अबोध बालिका र हामी सबै अपरिचितसँग नि अनुहार छोपेर त रोईन् तर जुन
हातले आँशु पुच्छिन त्यो हात धारिलो हतियारले काटिएको थियो । उनि त्यसलाई नि
लुकाउन खोज्दै थिइन् तर त्यो पर्दा उघ्रिएको तस्वीर झैँ देखिसकेको थियो ।
हामीलाई उनी
किन रोइरहेकी छिन भन्ने लख काट्न गारो थिएन । उनलाई आफ्नै श्रीमानले हतियार प्रहार
गरेको रहेछ र उनी आफ्नत कहाँ जाँदै थिइन् । उनी रोएको देखेर कता–२ मेरो आँखा नि आँशुले भरिएको महसुस गरे ।
म अरुको दुःख देख्न सक्दिन र निकै छिटो भावुक हुन्छु । मेरो एउटै इन्टेन्सन जाग्यो
त्यो उनको घाउँमा टेप लगाउँ भनेर दिने तर कसरी एउटा अन्जान शहरको अन्जान महिला तर
हुन् त उनी एक–महिला । कसैको
छोरी, श्रीमती, बुहारी अनि आमा । म उनीसँग कसरी बोलु भो
किनकी मसँग ब्यान्डेज थियो त्यो धारिलो हतियारले काटेको ठाउँमा लगाई दिन पाए
हुन्थ्यो......।
बस आफ्नै गतिमा गुडी रहेको थियो । उनी रुन अलि कम भए पछि म
आफुलाई थाम्नै सकिन र मुसुक्क हास्दै सरक्क हात तेस्र्याए ल यो ब्यान्डेज लगाउ तिम्रो
घाउमा भनेर दिए...बिचमा बा केहि भन्ने पो हुन् कि नचिनेको मेरो दुःखमा खिल्ली
उडाइस तलाई के मतलव पो भन्ने हुन् कि डर पनि आग्यो तर हिम्मत जुटाएर दिए जेसुकै
होस् । त्यो घाउँ हेर्न सकिन र दिए उनले अलि कति अप्ठेरो मान्दै धेरै–२ धन्यवाद भनिन र लगाइन बिचित्रको देखिएको
त्यो घाउँ छोपिन । पाखुराको त्यो दुई दृश्य आलो थियो र सिम–२ रगत नि बग्दै थियो । भित्रको बोसो नि
हल्का देखिन्थ्यो...।
त्यो ब्यान्डेज
लगाए पछी उनी फेरी रोइन..सायद लाग्यो होला उनलाई आफ्नैले चोट दिएर गलहत्याएको त्यस
फ्णमा कुनै अपरिचितले दया देखाउँदा मन पग्लिएको हुनुपर्छ । फेरी केहि फ्णको रुवाइ
पछी शान्त हुँदै आफ्नो सत्य छल्न खोज्दै भनिन् छोरी भएर जन्मेकोमा दुःख लागेको छ ।
फेरी जन्म पाए छोरी भएर नजन्मुँ........। म अवाक् भए.....किनकी म पनि कहिले काहीं
यस्तै सोचने गर्छु कि म किन छोरी भएर जन्मेको होला ? फेरी जन्म पाइएमा प्रभु मलाई छोरी नबानाउनु होला भन्ने पनि
गर्छु....। जुन समाजमा नारी सम्मान हुन्न त्यहाँ यस्तै वितृष्णा जाग्दछ ।
म उनको मुहार त्यो क्यानभाषको धमिलो बेरङग तुवालो भित्र
निस्तिएको देखे कतै हाँसो हराएको त्यो परिदृश्य स्मृतिमा छलाङ्ग मार्न थाले...।
बोल्न सकिन यत्तिकैमा तखाना खादाशा (नयाँ बस स्टेसन) भनेर माथि सिस्टमले फुकेको
झ्वाट सुने र उनलाई नबोलेरै एक्स्ट्रा २÷३ ओटा
ब्यान्डेज दिए र आफ्नो ब्याग च्यापेर निस्के बसबाट । उनले धेरै–२ धन्यवाद भन्दै थिइन् । म बस थोरै हाँसेर
टाउको मात्र हलायेर लुखुर–लुखुर आफ्नो
अपार्टमेन्ट तिर अघि बढे.....। मनमा नानाथरी कुराहरुको चलखेल भैरह्यो । महिलाहरु
संसारमै पीडित छन् तर बडी र कम,
फरक यत्ति न हो । महिलाहरु विकसित देशमा पनि पीडित छन् । जब सम्म नारीको कदर
हुन्न तब सम्म समाज माथि उठ्दैन । दर्पणको त्यो दृष्यले दुख्न दुखायो । छोरी
मान्छे भएर जन्मनु अभिषाप होइन तर हाम्रो संस्कारी सोच नै दोषपूर्ण छ ।
(यो यथार्थ घटना हो माथि गत शनिवार भन्नाले ०९ जुन २०१२ को
मितिलाई बुझ्नहुन अनुरोध छ ।)
प्रकाशित मिति २०६९ चैत्र २९ गते