क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷नेपाली समाजमा
हुने गरेका आपराधिक कृयाकलाप र त्यसमा राजनीतिक संरक्षण तथ तथा प्रहरीको भूमिकालाई
दृष्टीगत गरी बनाइएको चलचित्र एस.पी. खरेल यतिखेर निकै चर्चामा छ ।
photo google |
पर्साका
तत्कालिन प्रहरी उपरीक्षक रमेश खरेल पर्सा जिल्लामा आउनुअघि जिल्लामा हुने गरेका
आपराधिक गतिविधि, अवैध कारोबार
तथा त्यसमा राजनीतिक संरक्षण कारण समाजले त्रासपूर्ण वातावरणमा कष्टकर जीवन यापन
गरिरहेको समयमा जिल्लामा आएपछि एकाएक शान्ति सुरक्षामा आएको परिवर्तन, प्रहरीको कार्यशैली र अपराधिहरूलाई
संरक्षण गर्ने राजनीतिक दलहरूको व्यवहार परिवर्तन भएको कथावस्तुलाई चलचित्रको
रुपमा तयार गरी हालै प्रर्दशनमा ल्याइएको फिल्म हो –एस.पी. खरेल ।
कुनै पनि
आपराधिक कृयाकलाप तथा अवैध कारोवारमा संलग्न हुनेलाई प्रहरीले पक्राउ गरेपछि
राजनीतिक दल देखि सत्ताधारी समेतले प्रहरीलाई अपराधी छाड्न दबाब दिने गरेको, समाज हुने गरेका सबैजसो आपराधिक
कृयाकलापमा ठूला भनाउँदा राजनीतिक पार्टीका नेताहरूको संलग्नता रह्ने गरेको
यथार्थता झल्काइएको छ एस.पी. खरेलमा ।
प्रहरी प्रशासन पनि हरेक किसिमका आपारधिक
समुहसँग अवैध असुली गरी प्रहरी संगठनका गोप्य सूचना चूहाउने गरेको अवस्थामा एउटा
कर्तव्यनिष्ठ प्रहरीले दोषीलाई पक्राउ गर्दा छाड्नलाई राजनीतिक दबाव आउने गरेका
कारण वास्तविक अपराधीलाई पक्राउ गरेर थुन्नुको सट्टा सिधै गोली हानेर ईन्काउन्टर
गरेको खण्डमा त्यस्ता अपराधीहरूलाई आतंकित बनाइ आपराधि कृयाकलपा गर्न हजार पल्ट
सोच्नुपर्ने बाध्य बनाउने उद्देश्यले सिधै सूट गर्ने अभियनमा लाग्नुपर्ने सन्देश
दिएको छ ।
करिब ४० लाख
रुपैयाँको लागतमा भोजपुरी भाषामा निर्माण गरिएको चलचित्र हेरेर निस्केका पर्साको
संखुवा प्रसौनी वडा नं. २ निवासी चन्द्रिका सहनीले पर्सामा तत्कालिन समयमा एस.पी.
रमेश खरेलले जिल्ला वासीको शान्ति सुरक्षाकोलागि निर्वाह गर्नुभएको भूमिका र
जनताले गरेको शान्ति सुरक्षाको अनूभूतिबाट प्रेरित भई बनाइएको चलचित्र तत्कालिन
प्रहरी उपरीक्षक र वर्तमान वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलकै नामले दर्शकहरूको
भीड बढेको बताउनु भयो ।
सहनीले एस.एस.पी.
रमेश खरेल पर्सामा प्रहरी उपरीक्षक भएर गरेको योगदान पर्साबासीको मानसपटलमा
सधैंभरि कायम रहिरने रउनले पर्सावासीको शानित सुरक्षाकोलागि चाल्नु भएका कदमहरू
पर्सावासीले कहिल्यै पनि नबिर्सिने बताउनुभयो ।
शान्ति सुरक्षा
कुन चराको नाम हो भन्ने समेत थाहा नभएका स्थानीयजिल्लावासीहरू जिल्लामा रमेश खरेल
आउनुभन्दा अगाडी भयपूर्ण वातावरणमा जीउन बाध्य थिए भने उनको आगमनसँगै
जिल्लावासीहरूले शान्ति सुरक्षाको भरपूर्ण अनूभूति गर्न पाएका थिए भने उनको
कार्यकालमा कुनै पनि किसिमको आपारधिक दुर्घटना नभएको बताउँदै सहनीले रमेश खरेल
नेपालीकोलागि गर्व मसशुह गराउने नाम भएको बताए ।
प्रदेशी साह,
डलि सरकार, शिवजी
विश्वकर्मा, कलिम खान, राजेश यादव, खैरुद्दिन अंसारी,
आनन्द चर्तुवेदी, पुष्पा पंडित, श्रीराम उपाध्याय लगायतका कलाकारहरूद्वारा
अभिनित सो चलचित्रलाई सुरेन्द्रलाल प्रधानले निर्देशन गरेका छन् भने कथा सरोज
कुमार पंडितले लेखेका छन् ।
प्रकाशित मिति २०६९ चैत्र २९ गते