चुनाव हुन्छ कि हुँदैन ?


......जनकमान डंगोल......
गाउँकी एक जना डिग्री पास गरेकी छोरी चेलीले सोधिन् मलाइ अंकल यो पाली चुनाव हुन्छ कि हुँदैन ? हजुरलाई कस्तो लाग्छ ? प्रश्न सुनेर एक छिन गम खाएँ । सबैलाई थाहा छ अहिलेसम्म चुनावको मिति तोकिएको छैन । वैशाख लाग्न अब केहि दिन मात्र बाँकी छ । जेष्ठमा चुनाव कुनै पनि हालतमा हुन्छ र गर्नु पर्छ भनेर पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराई देखि निजकै पार्टी एमाओवादीका अध्यफ् प्रचण्ड देखि अरु ठूला पार्टीका नेता भनिने ने.का.का सुशील कोइराला, एमालेका झलनाथ खनाल समेत केहि महिना अघिसम्म कुलंर्दै थिए । तर छेपारोले समय अनुसार रंग फेरे जस्तै अहिले प्राविधिक कारणले नभए पनि मंसिरसम्ममा जसरी भए पनि निर्वाचन गराउनु पर्छ । यदि त्यसो नभए ठूलो बिडम्बना भोग्नु पर्छ भन्दै अर्थ न बर्थ गोबिन्द गाईजस्ता वाक्य लाजै नमानी रट्दै हिंडेका छन् ।

      जब देशका ठुला पार्टीका नेताहरुले नै चुनाव हुन्छ भनेर कुनै ग्यारेन्टी दिन सकेका छैनन् भने म एक साधारण नागरिकले चुनाव हुन्छ भनेर ती छोरी चेलीलाई कसरी ग्यारेन्टीका साथ भन्न र दिन सक्छु ? ठूला पार्टी र दलका नेताहरु चुनाव चाहन्छ वा चाहँदैनन् त्यो तिनै दलका नेताहरुलाई समेत अहिलेसम्म अत्तो पत्तो छैन ।
      धेरै बेरको तर्कना पछी मैले भने हेर नानि, यो चुनाव हुन्छ कि हुन्न भन्ने कुरा हाम्रा लोकतान्त्रिक गणतन्त्रे महान नेताज्यूहरूलाई समेत अहिले सम्म अत्तो पत्तो छैन । यदि २०७० सालको यो महिनाको यति गते चुनाव पक्का हुन्छ भन्न सक्ने भएको भए तिमीले मलाई प्रश्न सोध्नु पर्ने कुनै जरुरी नै थिएन भने मैले कसरी चुनाव हुन्छ वा हुँदैन भन्न सक्छु ?

SHARE THIS

Author:

Facebook Comment