प्राकृतिक र कर्मचारी व्यवस्थाको मारमा गहवाबासी


क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷वीरगंज उपमहानगरपालिका वडा नं. १० र ११ वा रहेको गहवाका स्थानीयवासिन्दाहरू प्राकृतिक र कर्मचारीतन्त्रगरी दोहोरो मारमा परी कष्टकर जीवन बिताउन बाध्य भइरहेको जानकारीमा आएको छ ।
      विजुली बत्ती, खानेपानी, ढल निकास, सुरक्षा व्यवस्था लगायतका अतिआवश्यकीय वस्तु नगर क्षेत्रमा बसोवास गर्ने हरेक नागरिकले पाउनुपर्ने नैसर्गिक अधिकार हो तर गहवाबासी भने यो अधिकारबाट बञ्चित हुँदै आएका छन् ।

      गहवाका स्थानीयवासीले आआफ्नो घरमा लगाएका चापाकलमा सुख्खायाम अर्थात फागुन देखि जेष्ठ महिनासम्म पानी कम आउने, धारा साह्रो हुने लगायतका कारण प्रकतिबाट पीडित भएका छन् भने नेपाल खानेपानी संस्थानले वितरण गरेको पानी पनि हप्तामा एक दुई दिन मात्र आउने गरेको र त्यो पनि केही थोपा दिएर बन्द भैहाल्ने गरेका कारण गहवाबासीहरू नगर क्षेत्रमा बसेर पनि १८ औं शताब्दीको कुनै जंगलमा पाउने दुःख भन्दा बढी दुःख कष्ट भोग्न बाध्य भइरहेका छन् । तर यस सम्बन्धमा नेपाल खानेपानी संस्थान वीरगंजका कर्मचारीहरू गहवाबासीको यो समस्याबाट अनभिज्ञ रहेको पाइएको छ । खानेपानीको बिल र पैसा मात्र असुली गर्ने तर उपभोक्ताहरूले सेवा प्राप्त गरे नगरेको बारेकेही चासो र अनुगमन नराख्ने कर्मचारी तन्त्रका कारण गहवाबासीहरू उही पुरानो १८ औं शताब्दीमा बसिरहेको अनुभूति गरिरहेको स्थानीयबासी बताउँछन् । त्यस्तै कर्मचारी तन्त्रकै लापरवाहीको कारण विजुलीको समस्या, सरसफाइका समस्याबाट पनि गहवाबासी पीडित छन् ।
प्रकाशित मिति २०६९ चैत्र २९ गते

SHARE THIS

Author:

Facebook Comment