प्रहरीको गस्ती र डाँकाको डकैती एकैसाथ


रौतहट÷ चौबिसै घण्टा प्रहरीको गस्ती रहने सदरमुकाम गौरमा मंगलबार राती डकैती भएको छ । डाँका समुहको आक्रमणबाट एकै परिवारका चारजना घाइते भएका छन् ।
      गौरको वडा नम्बर ७ निवासी हजारी साहको घरमा राती १०१२ जनाको संख्यामा आएका हतियारधारीले ४ लाख मूल्य बराबरको धनमाल लुटेर लगेको प्रहरीले जानकारी दिएको छ ।
हतियार सहित घरमा प्रवेश गरेका ती व्यक्तिहरुले घरमा रहेको नगद, गरगहना, लत्ताकपडा लुटेर लगेको पीडित साहले बताउनुभयो । लुटपाट गर्ने क्रममा हतियारीधारी समुहले साहकी श्रीमति श्रद्धा देवी, छोरी बबिता साह, बुहारी अनिता साहलाई निर्घात कुटपिट गरेर घाइते बनाएको हजारी साहले बताए ।
      छोरी बबिताको विहेका लागि जम्मा गरेको गहना र नगद लुटिएपछि साह परिवारको बिजोग भएको छ । डकैतीको घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीफ्क गोविन्दराम परियारले बताएका छन् ।
प्रकाशित मिति २०६९ चैत्र २९ गते

SHARE THIS

Author:

Facebook Comment