क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷
वीरगंजको छपकैयाँ स्थित भकुवा प्रहरी चौकीको संरक्षणमा भन्सार राजश्व छली गरी
व्यापक तस्करी भइरहेको समाचार प्राप्त हुन आएको छ ।
चौकीका प्रहरी
सहायक निरीक्षक राजाराम सिंहले भारत विहारको टुमरियाटोला निवासी राजेन्द्र दास, छपकैयाँ–१ निवासी मनाङ मियाँ,
सोही ठाउँकी झलेफनी , रामबाबु साह
लगायतका अवैध कारोवारीहरूसँग दैनिक मोटो रकम असुली गरी तिनीहरूले भारतको रक्सौलबाट
भन्सार छली गरी अवैध रुपमा नेपाल भिœयाउने कपडा, पापड किराना सामग्री, पान पराग गुटखा, स्टिलका भाँडा बर्तन आयात गर्न लाइन दिएको
श्रोतले दाबी गरेको छ ।
दैनिक २५ औं
साइकल, पैदल, टाउके, पोका लगायतको माध्यमबाट ती नाकाबाट भन्सार छली गरी दैनिक
रुपमा भन्सार राजश्व चुहावट गर्न प्रहरी सहायक निरीक्षक राजाराम सिंहले सघाइरहेको
समाचार श्रोतको दाबी छ ।
यसरी शान्ति सुरक्षाको र अवैध कारोवारलाई नियन्त्रण
गर्नकालागि खटिने प्रहरीहरूनै त्यस किसिका अवैध कारोवारीहरूसँग साँठ गाँठ गरी
राजश्व चुहावटमा सहयोग गरिरह्ने हो भने नेपाल सरकारले लिएको उद्देश्य कसरी पूरा
होला ? क्रमशः
प्रकाशित मिति २०६९ चैत्र २९ गते