“ए सुन्तली !
कति गाउँघरमा मेलापात पर्म गरेर हाड छाला खियाउछस् ? हेर त तल्लाघरे साइली,
माझ्घरे काइली बिदेश गाको,
तँ पनि जाने भए भन है ! एक पैसा लाग्दैन सप्पै सित्तैमा । पछि हामीलाई पनि
भनेन भनेर रिसाउन पाउदिनस्”– दलालले गाउँ
घरका सोझा साझा अविवाहितरविवाहिता महिलालाई दिने जालझेल लोभ लालच । यस्ता विज्ञापन
हिजोआज रेडियो एफ.एम.मा खुब घन्किने गरेको पाइन्छ ।
नमस्ते सर !
तीन दिन देखि मेरी छोरी बेपत्ता भयो । सारा संसार खोज्दा पनि पत्ता लागेन हजुर ।
लौ न हजुर खोजतलास गरि दिनु पर्यो भन्दै हराउनेका अभिभावक को प्रहरीलाई अनुरोध ।
देशभरि यस्ता अनुरोध धेरै प्रहरी कार्यालयमा आउने गरेको उजुरी तथा विवरण प्रहरीले
समय समयमा दिने गरेको सुचनामूलक कार्यक्रममा पाइएको छ ।
नेपालमा २०४६
साल भन्दा अगाडीसम्म गाउँ घरमा पासपोर्ट त परै जाओस् नागरिकता समेत
बनाउनु पर्छ
भन्ने कुरा थाहै थिएन । नागरिकता नै नभए भएपछि पासपोर्ट बन्ने कुरै भएन । बिजुली
बत्तिको झिलिमिली शहर देखाई दिन्छु भन्दै दलालहरुले गाउँघरको सोझासाझी चेलीहरुलाई
नक्कली विवाह गरी तराईको खुल्ला सिमानाको फाइदा उठाउँदै भारतको विभिन्न ठूला
शहरहरूमा लगेर बिक्री गर्ने गर्दथे । अझ सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट जस्ता पहाडी जिल्लाको विकट गाउँमा त अभिभावक समेतको
मञ्जुरीमा लैजाने गरेको विभिन्न समयमा गरिएको सर्वेफ्णमा पाइएको छ । ती मध्य कतिपय
बेश्यालयमा हुने यातना भोग्न नसकेर भागेर वा कुनै सह्दयी को सहयोगमा नेपाल फर्किन
सफल भै प्रहरीमा उजुर बाजुर गरि बेच्ने दलाललाई पक्राउ गर्न तथा गराउन सहयोग
गर्दथे ।
२०४६ सालको
परिवर्तनले देशबाट विदेशमा काम गर्न जानेको संख्यामा विस्तारै बढ्दै जान थाले ।
२०५२ सालमा ने.क.पा.माओवादीको कथित जनयुद्धले देशमा स्थापना भएको सबै उद्योग धन्दा
नराम्ररी प्रभावित हुनुको साथसाथै गाउँ घरका युवायुवती आफ्नो ज्यु ज्यानको
रफकोलागि गाउँबाट सहर पस्ने र विदेश जाने क्रममा तिब्रता आउन थाल्यो । यस्तै
मौकाको फाइदा उठाउँदै मानव बेचबिखनका दलालहरुले विभिन्न सपना देखाउंदैगाउँका सोझा
सिधा युवतीहरुलाई ललाई फकाई भारतको बाटो हुँदै खाडी मुलुकहरुमा पठाउने गर्न थाले ।
जुन क्रम आजसम्म रोकिएको छैन । चेली हराउनुको मुख्य कारणमा यो पनि पर्दछ भने शहरका
आधुनिक युवती समेत छिट्टै धनि हुने र आधुनिक भोग विलासमा डुब्ने चाहनाले घरका
अभिभाकहरुलाई थाहा पत्तै नदिई अर्काको लहलहैमा विदेश जाने गरेको देखिन्छ ।
आफ्नो देशको
नागरिकको गाँस, बास, कपास, औषधि, शिफ, रोजगार तथा सुरफको जिम्मा तथा ग्यारेन्टी
लिने काम भनेको देशको निर्वाचित सरकारको प्रमुख दायित्व भित्र पर्दछ । संसारमा
धेरै देशले यस्ता कामकार्यहरू कडाइका साथ पालना गरेको छ । तर हाम्रो देश नेपालमा
भने ठिक उल्टो छ । आफ्नै देशमा गाँस,
बास, कपास, औषधि, शिफ, रोजगार तथा
सुरफको जिम्मा भएको भए किन जान्थे विदेशमा रोजगारको लागि ? २०४६ साल देखि देशमा कुनै पनि राजनीतिक
पार्टीले स्थिर सरकार चलाउन सकेका छैनन् । देशको आर्थिक अवस्था चौपट छ । जुन देसको
आर्थिक अवस्था भताभुंग छ भने त्यो देशमा विकास निर्माण कसरी हुन्छ ? उद्योग धन्दा कसरी फस्टाउँछ ? राजनीतिक पार्टीका नेताहरुले जनताहरुलाई
केवल आ–आफ्नो पार्टीका भोट
बैंक मात्र ठानेका छन् । चुनावमा १ चोटि गाउँमा आयो, खोक्रा आश्वासन दियो तर चुनाव जिते पछी गाउँमा पाइला
टेक्दैनन् । आ–आफ्ना
पार्टीका आसेपासेलाई काखी च्याप्नु बाहेक अरु केहि गर्दैनन् । जब देशमा गाँस, बास,
कपास, औषधि, शिफ,
रोजगार तथा सुरफको जिम्मा तथा ग्यारेन्टी हुँदैन, मानव बेच बिखनका दलालहरुले अनेक जालझेल, लोभ लालच देखाएर चेलीहरुलाई रोजगारको नाउँमा
बेचबिखन गर्ने काम कार्य कदापि रोकिन सक्दैन । त्यसैले विभिन्न अन्तर्राष्ट्रि«य मुलुकले खोलेका गैर सरकारी संस्था
अर्थात् आइएनजिओ तथा सरकारले समेत गरेको जन चेतनामुलक शिफ तथा कार्यक्रमको के
फाइदा ? भोको पेट तथा नाङगो
ज्यानलाई अर्ति दिर्एर के काम ?
त्यसैले यतिखेर देशमा यस्ता चेतनामुलक कार्यक्रम भन्दा पनि गाँस, बास,
कपास, औषधि, शिफ,
रोजगार तथा सुरफको अति खाँचो छ ।
प्रकाशित मिति २०६९ चैत्र २९ गते