विस्तारवादी
छिमेकी राष्ट्र भारतले नेपालको सीमा अतिक्रमण अभियान अन्तर्गत पर्सा जिल्लाको ठोरी
गाविस र निर्मलवस्ती गाविसको सीमा अतिक्रमण गरेको छ । ठोरी क्षेत्र सामरिक महत्वको
स्थल भएकोले बोर्डरमा ठूलो संख्यामा अद्र्धसैनिक तैनाथ गरी नेपालको सीमा अतिक्रमण
कार्यलाई जारी राखेर भारतले दुष्ट छिमेकीको उग्र रुप प्रदर्शन गरेको छ । दुष्ट
छिमेकी भारतसँग नेपाली जनता रुष्ट भएका छन् । ठोरीको धेरै क्षेत्रफल भारतले
अतिक्रमण गरिसकेको छ । सीमा अतिक्रमण गरी सीमा विवाद कायम राख्ने भारत सरकारको गलत
नीति र नियतबाट पर्साको ठोरी बासी आतंकित छन् र उसको गलत नीति र व्यवहारको
ठोरीवासीले तीव्र विरोध र भत्सर्ना गरेका छन् । सीमा समस्या समाधान गर्न दबाव समूह
गठन गरेका ठोरीवासीलाई नेपाल सरकार र स्थानीय प्रहरी प्रशासनले खासै सहयोग गरेको
छैन । पटक–पटक दुई देशका
नागरिक र भारतीय सशस्त्र सीमा प्रहरी बल (एस.एस.बी.)बीच भिडन्त समेत हुँदै आएको छ
।
अहिलेसम्म
नेपालको ७१ ठाउँमा भारतले सीमा अतिक्रमण गरेको छ । भारतले सीमा मिच्ने क्रम जारी
राखेकाले नेपालको सीमा झनै खतरामा पर्दै छ । नेपालको सबैभन्दा बढी कालापानी
क्षेत्रमा ३७ हजार हेक्टर र त्यसपछि सुस्ता क्षेत्रमा भारतले नेपालको सीमा
अतिक्रमण गरेको छ । सीमाको रक्षा गर्ने अभिभारा बोकेको नेपाल सरकार र स्थानीय
प्रहरी प्रशासन मौन र उदासिन छ । राजनीतिक दलका नेताहरू लगभग सबै भारतपरस्त हुँदै
भारतसमक्ष आत्मसमर्पण गरिरहेका छन् । सीमा सुरक्षाको अन्तिम अस्त्र भनेको नेपाली
सेना हो । नेपाली सेना परिचालन हुन सरकारको आदेश चाहिन्छ । सेनाले सीमा
अतिक्रमणलाई रोक्ने खादेश पाएको छैन । स्थानीय सीमावर्ती क्षेत्रका नेपाली जनताले
बडो उत्साहका साथ भारतीय सीमा अतिक्रमणको विरोध गरिरहेका छन् । नेपाली जनताको
विरोधलाई भारतले कुनै ध्यान दिएको छैन,
उसले नेपाल र नेपालीलाई कमजोर र कायर ठान्दै आएको छ । भारतीय विस्तारवाद, सीमा अतिक्रमण बन्द गर ! यो हाम्रो बुलन्द
आवाज हो । भारतीय विस्तारवादको सीमा अतिक्रमण अभियान विरुद्ध सम्पूर्ण देशभक्त
जनता जुनसुकै विचार र जुनसुकै राजनीतिक पार्टीमा आवद्ध भएपनि देशको राष्ट्रियतामा
संकट र खतरा उत्पन्न भएको बेला एउटै झण्डा र एउटै मोर्चामा सामेल हुनुपर्दछ ।
यो हाम्रो
राष्ट्रप्रतिको उत्तरदायित्व र धर्म पनि हो । १० वर्ष अघि ५३ ठाउँमा सीमा
मिचिएकोमा अहिले ठोरी लगायत ७१ ठाउँमा सीमा मिचिएको छ । सीमा मिचिने क्रम जनताको
सशक्त विरोधबिना रोकिनेवाला पनि छैन । सीमाको विषयमा सरकार गम्भीर छैन, सरकार नै गम्भीर र संवेदनशील नभएपछि
राष्ट्रघाती सरकार र भारतीय विस्तारवादका विरुद्ध नेपाली देशभक्त जनताहरू सडक
संघर्षमा उत्रनुबाहेक अर्को विकल्प छैन । देश नै रहेन भने संविधानसभाको निर्वाचन
किन चाहियो ? सबै काम छाडेर
भारतीय सीमा अतिक्रमणको विरुद्ध ध्यान केन्द्रित हुन यतिखेर नितान्त जरुरी छ ।
नेपालमा जब–जब आन्तरिक
संकट आउँछ, तब–तब भारतले असमान सन्धि गराएको र सीमा
अतिक्रण गरेको विगतको उदाहरणबाट पाठ सिकेर आइलाग्ने भारतविरुद्ध जाइलाग्न र आफ्नो
राष्ट्रिय स्वाधिनता र आफ्नो स्वाभिमानको रक्षा गर्न सम्पूर्ण देशभक्त नेपालीहरू
एकजुट हुनुपर्दछ ।
राष्ट्रियता
भएका सम्पूर्ण नेपाली नागरिकहरू भारतको सीमा मिच्ने अभियान विरुद्ध एकजुट हुनैपर्छ
। नेपालमा पाकिस्तान र चीनको प्रभाव बढ्यो भन्ने हल्ला पिटाएर, नेपालप्रति अविश्वास गरेर भारतले आफ्नो
बोर्डरमा सैनिक राखेर नेपालको सीमा अतिक्रमण गर्ने जुन योजना बनाएको छ, यसको काउन्टर नेपालले तत्काल दिनुपर्दछ ।
सीमा समस्या समाधानकालागि ठोरीवासीले जुन दबावसमुह बनाए यो स्वागतयोग्य छ । नेपाली
भू–भागलाई भारतीय सीमा
सुरक्षा बलले विवादित भएको दाबी गर्दै भारतीय सीमा हस्तक्षेपको घोर भत्सर्ना गर्दै
सीमा विवाद समाधान नभएसम्म एक ढिक्का हुन र सबैले ऐक्यवद्धता जनाउनुपर्ने बेला
आएको छ । जय देश जय नेपाल ।
सम्पादकीय प्रकाशित मिति २०६९ चैत्र २९ गते