अपराधीको नाममा प्रहरीको आतंक ?


प्रहरी–अपराधी–प्रहरी
अपराधीको नाममा प्रहरीको आतंक ?

क्राइमचेक प्रतिनिधि÷

वीरगंज÷समाज र देशमा रहेबसेका सम्पूर्ण नागरिकलाई शान्तिपूर्ण वातावरणका सहजताका साथ आआफ्नो काम निर्धक्कासाथ सञ्चालन गर्ने वातावरण निर्माणमा गर्ने मूख्य उद्देश्यले स्थापित नेपाल प्रहरीभिका काला कतूर्तहरू क्रमशः छर्ल· हुँदै आइहरेको छ ।
      विभिन्न आपारधिक समूहले फलानो व्यापारीलाई धम्की दियो, फलानोलाई अपहरण ग¥यो, फलानो बैंक लुट्यो, फलानो व्यापारीक स्थलमा बम पड्कायो, हत्या, लूटपाट भयो, गाउँमा डाकाँले लूटपाट ग¥यो लगायतका समाचारहरू दिनहुँजसो प्रकाशमा आइरहँदा वास्तवमा त्यो कसको संलग्नतामा भयो ? त्यस्तो किन भयो ? वास्तविक अपराधी को हुन् ? के साँच्चिकै बाहिरकै अपराधीले यस किसिमका आपारधिक घटना गराएका हुन् त ? भन्ने विषयमा सबैलाई थाहा नहोला तर एउटा क्राइम चेकले एउटा तितो यथार्थ घटनासँग सामना गर्नु परेको छ ।

      वास्तवमा हाम्रो समाजमा हुने गरेका अधिकांश आपराधिक कृयाकलापमा प्ररहीको संलग्नता नै भएको हुन्छ भने कतिपय घटनामा प्रहरी स्वयंले गरेको वा गर्न लगाएको हुन्छ । विभिन्न व्यापारीक प्रतिष्ठानका मालिकलाई फोन गरी धम्की दिन लगाउने र फिरौती असुल गर्ने, अपहरण गराउने, जाली नोटको कारोबार गराउने, तस्करी गराउने देखि लिएर सामाजविरोधी गतिविधि गर्ने सम्मका काम र राजनीति गर्ने काममा पनि प्रहरीले
प्रत्यक्ष रुपमा लागेर आफ्नो पदीय दायित्व र राज्यले दिएको जिम्मेवारीलाई धोती लगाइरहेको थुप्रै उदाहरणहरू हामी सबैले हेर्दै र बुझ्दै आएका छौं । यद्यपि समय समयमा केही अपराधीहरू पक्राउ नगरिएको भने होइन तर केही ईमान्दार प्रहरीले मात्र प्रहरी संगठनको छविलाई बचाउँदै आइरहँदा विभिन्न गलत प्रवृत्ति र चरित्र बोकेका प्रहरीहरूका कारण प्रहरी संगठन दिनप्रतिदिन बदनाम हुँदै गइरहेको छ ।
      पछिल्लो समयमा नेपाल
लगायत पर्सा जिल्लामा बढ्दै गरेको आपारधिक कृयाकलापमा प्रहरीको संलग्नता निकै बढीरहेको बुझिएको छ । नेपाल लगायत विश्वभरी नै इन्टरनेट र प्रविधिको प्रयोग बढीरहेकै समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत पनि आपराधिक गतिविधि गर्नेहरू नेपालमा सक्रिय हुन थालेको एउटा पछिल्लो घटना हो क्राइम चेक साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोष कुमार मिश्रसँग फेसबुकबाट ज्यान मार्ने धम्की दिंदै १० लाख रुपैयाँ समेत माग गरिएको छ ।
      सामाजिक सञ्जाल फेसबुकमा मुन्ना सिंहको नामले खोलिएको फेसबुक खाताबाट सम्पादक मिश्रलाई मित्रताको अनुरोध पठाउँदै त्यसको म्यासेज बक्समा हिन्दीमा ए साले पत्रकार, क्या हाल है, तेरेको खल्लास करना है मुझे १० लाख भेजो” (ए साले पत्रकार के छ खबर, तँलाई मार्नु छ मलाई १० लाख रुपैयाँ दे) भन्ने धम्की आएको छ । त्यसको भोलीपल्ट साँझ फेरी म्यासेज पठाउँदै म्यासेज नही मिला तुमको ? मेरे नम्बर पे फोन करो” (तँलाई म्यासेज पाएन ? मेरो नम्बरमा फोन गर !) भन्ने खालका सन्देश पठाइ ज्यान मार्ने धम्की समेत दिएपछि सम्पादक मिश्रले पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी लगायत प्रहरीका सबै निकायमा म्यासेज फरवार्ड गरेका थिए ।
https://www.facebook.com/dhananjay.giri2(मुन्ना सिंह)
को फेसबुक खाता र अर्का एक जना (मनोज यादव) https://www.facebook.com/9845042406sm? ref=ts&fref=ts  को फेसबुक खातामा राखिएको नम्बरहरू ९८४५१०१९५५, ९८४५०४०७०६, ९८४५०४२४०६ (वर्क), र भारतीय नम्बर ं०९१ ८९८७५४३८७६ नम्बर उल्लेख गरिएको छ । जसमध्ये दुई वटा नम्बर प्रहरीकै रहेको प्रस्ट भइसकेको छ । तर उक्त फेसबुक खातामा जुन प्रहरीको नम्बर राखिएको छ तिनीहरूलाई फेसबुकका बारेमा कुनै जानकारी नै रहेको सम्पादक मिश्र लगायत पर्साका प्रहरी उपरीक्ष पिताम्बर अधिकारी समक्ष दाबी गर्दै आएका छन् । हुन पनि क्राइमचेकले बुझ्दै जाँदा ती प्रहरीहरूलाई ईन्टरनेटबारे सामान्य ज्ञान समेत नरहेको अवस्थामा तिनहरूको नामबाट फेसबुक बनाई आखिर धम्की कसले दियो ? प्रहरीलाई कसले बदनाम गर्न खोज्दैछ ? कि प्रहरीले यस्तै विधि प्रयोग गरी व्यापारीहरूलाई धम्काएर, तर्साएर असुली गर्ने गरेका त छैनन् ? प्रहरीकै नम्बर प्रयोग गरी जिम्मेवार सञ्चारमाध्यमका सम्पादकसँग १० लाख रुपैयाँ माग गर्ने र ज्यान मार्ने धम्की समेत दिनुको तात्पर्य के हो ? के प्रहरीको नामबाट बाहिरी व्यक्तिले यसरी धम्की दिने हिम्मत जुटाउन पाउलान् त ? यो प्रहरीभित्र अथवा ती दुई वटा नम्बर भएका प्रहरीहरूसँग आन्तरिक रिसिवीका कारण कसैले गलत फाइदा उठाउन खोजेको त होइन ? यदी कसैले प्रहरीकै बदनामी गर्न खोजिरहेको छ वा प्रहरीको नाममा आपारधीक घटना हुने गरेको छ भन्ने प्रमाणित गर्न खोज्ने वास्तविक व्यक्तिको हुन् ? ती व्यक्तिले फिरौती वा ज्यान मार्ने धम्की नै दिनुपर्ने थियो भने प्रहरीकै नम्बर किन प्रयोग भयो ? यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविक दोषी जो भएपनि त्यसलाई कानुनको कटघरामा उभाएर कडा भन्दा कडा कारवाही गरी प्रहरी संगठनको बदनामी हुनबाट बचाउन पछि हट्नु हुँदैन । क्रमशः
प्रकाशित मिति २०६९ चैत्र २९ गते





SHARE THIS

Author:

Facebook Comment