महायज्ञकोलागि कलश यात्रा


वीरगन्ज ३ बैशाखःवीरगन्जको नगवामा हुन लागेको श्री विष्णु महायज्ञको अवसरमा आज कलश यात्रा निकालिएको छ । महायज्ञ स्थलबाट एक हजार एक भन्दा बढी कलश बोकी निकालिएको कलश यात्रा वीरगन्ज नगरपरिक्रममा गरेको छ । बाजागाजा, एकजोडी हात्ती, चारजोडी घोडा सहित निकालिएको कलश यात्रामा करिब २ हजार भन्दा बढीको सहभागिता थियो । कलश यात्रामा सहभागिताहरुले धार्मिक गित तथा देवी देवताहरुको जय जय कारको नारा लगाउदै बाराको त्रिवेणी नदीबाट जल बोझी पुन महायज्ञ स्थलमा पुग्ने पुजा समारोह समितिका संयोजक मोहन पंडीतले जानकारी गराउनु भयो ।
 नगवाको श्री बौधी माई मन्दिरमा ४ गते देखि शुरु हुने महायज्ञको बैशाख १२ गते पूर्णाहुती हुने आयोजक समितिले जनाएको छ । महायज्ञमा आचार्य पंडीत विरेन्द्र शास्त्रीद्धारा पुजा पाठ प्रारम्भ हुने समितिका अध्यक्ष पंडीतले बताउनु भयो । महायज्ञमा श्री श्री १००८ श्री रामपतदास जी, पंडीत रामजी शास्त्री, डा पुनिता शास्त्रीले श्री रामकथा एव श्री मद भागवत कथा बाचन गर्नुहुने छ । महायज्ञ सफल बनाउन महायज्ञ स्थल नजिकै मौतका कुआ, झुला, ड्रायगन, बेबी सर्कस लगायतको मनोरंजनको कार्यक्रमको आयोजना समेत गरेको समितिका कोषाध्यक्ष प्रभु साहले बताउनु भयो । सम्पूर्ण भक्तजनहरुले महायज्ञमा सहभागिता
जनाई महायज्ञ सफल बनाउनु आग्रह समेत समितिले गरेको छ । महायज्ञमा करिब २५ लाखको लागतमा आयोजना गरिएको कोषाध्यक्ष साहले जानकारी गराउनु भयो ।

SHARE THIS

Author:

Facebook Comment