चैते छठ मनाइँदै


वीरगन्ज,३ वैशाखःतराईका जिल्लाहरुमा आज चैती छठ पर्व धुमधामका साथ मनाइदैछ । हिजो खर्नाका दिन देखि छठको उपासना बसेका ब्रतालुहरुले आज साँझ अस्ताउदो सुर्यलाइ अर्घ दिएर छठी माताको पूजापाठ गर्नेछन् ।
तराइमा छठ पर्ब कार्तिक र चैत सुक्ल पक्षमा गरि वर्षमा दुइ पटक मानाईने गरिन्छ । पछिल्लो केहि वर्ष देखि छठ पर्ब पहाडका जिल्लाहरुमा पनि मनाउने प्रचलन बढदै गएको छ । छठमा वर्त बसी सुर्य भगवान् र छठी माताको पुजा गरेमा पारीवारीक सुख,समृद्धि, पुत्र प्राप्ती र मनोकामना पुरा हुने धार्मीक विश्वास रहेको छ ।
 घर नजीकैको नदी, तलाउ, पोखरी लगायतका पवित्र जलाशयमा ब्रतालुहरुले आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिनेछन । भोलि बिहान उदाउँदो सुर्यलाइ अर्घ दिएर पुजापाठ गरेपछि चैती छठ पर्ब विधिवत रुपमा समापन हुनेछ । श्रद्धा, भक्ति र सम्पूर्ण तराईवासीको साझा पर्वको रुपमा रहेको चैती छठ पर्व विधिवतरुपमा अस्ति आइतबार देखि शुरु भएको हो । चैती छठ पर्बका लागि बीरगन्जको घडीअर्वा पोखरी , रानीघाट , मुडली, छपकैया,  इनर्वा लगायतका स्थानमा रहेका जलाशयहरुलाइ छठीघाटको रुपमा सरसफाइ गर्नुका साथै सजावट पनि गरिएको छ । 
यसैबिच वीरगन्जको घडीअर्वा पोखरीको छठ घाटमा पनि  भक्तजन र ब्रतालुहरुले पूजाको तयारी शुरु गरेका छन् ।
घडीअर्वा छठघाटमा आउने दर्शनार्थी र ब्रतालुहरुको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै आयोजक घडीअर्वा स्पोटर्स क्लबका तर्फबाट पनि ५० जना स्वंयसेवक परिचालन गरिएको छ । 

SHARE THIS

Author:

Facebook Comment