असुरक्षित तरिकाले सुत्केरी गराउँदा मृत्यु


वीरगन्ज,३ वैशाखःपर्साको ठोरीमा आज असुरक्षित रुपमा सुत्केरी गराउँदा नवजात शीशुको मृत्यु भएको छ । आमाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
ठोरी गाविस वडा नम्बर ६ तीनघरेकी २६ वर्षिय अर्चना ठकुरीले स्वास्थ्य संस्थामा नगइ घरमै सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको हो ।ठकुरीले आज बिहान ३ बजे छोरालाइ जन्म दिएकोमा आधा घण्टा नबित्दै शिशुको मृत्यु भएको हो ।
आमा अर्चना ठकुरीको पनि अत्याधिक रक्तश्राव भएका कारण स्वास्थ्य अवस्था नाजुक बने पछि उनलाइ उपचारका लागि वीरगन्ज ल्याइएको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुत्केरी नगराएका कारण बच्चाको ज्यान गएको ठोरी हेल्थ पोष्टका अ‍ेहब अशोक राउतले बताए। 

SHARE THIS

Author:

Facebook Comment