काठमाडौं, चैत्र २५ । नेकपा–माओवादीका नेता देव गुरुङले निर्वाचनले मुलकको संकट समाधान हुन नसक्ने बताएका छन् । आज हामीसँगको कुराकानीमा नेता गुरुङले मुलुकका ठूला दलका नेताहरुले निर्वाचनका नाममा नेपालको राष्ट्रियता समाप्त पार्न खोजेको आरोप लगाए ।
आफूहरुले पटक–पटक संवैधानिक तवरले जानुपर्ने बताउँदै आएपनि ठूला दलका नेताहरुले वेवास्ता गरेका कारण बन्दको आव्हान गर्नु परेको जिकिर गरे ।
गुरुङ्गले संविधान निर्माण प्रक्रिया विशुद्ध आन्तरिक मामिला भएपनि विदेशीको इशारामा दलका नेताहरु अघि बढेको आरोप लगाए ।
नेता गुरुङले चैत्र १ गतेको निर्णयलाई खारेज गरेपछि मात्र संवादका लागि ढोका खुल्न सक्ने संकेत गरे ।