रौतहट, २५ चैतः विषालु सर्पको टोकाईबाट रौतहटमा आइतबार एक बालकको मृत्यु भएको छ । बगही गाविसका फत्तेपुर टोल निवासी बुनीलाल साहका १२ वर्षिय छोरा मिथिलेशको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहान ८ बजे घर नजिकैको खेतमा दिशा गर्न गएका बेला मिथिलेशलाई विषालु सर्पले टोकेको उनका बाबु बुनीलालले बताए ।
घाइते बालकलाई तत्कालै उद्धार गरेर उपचारका लागी वीरगन्जतर्फ पठाइए पनि शरीरभरि विष फैलिएकाले निजगढमा पुग्दा बालकको ज्यान गइसकेको परिवारजनलाई उद्घृत गर्दै प्रहरीले जानकारी दिएको छ ।