पेस्तोलसहित पाँचवटा बन्दुक प्रहरीलाई

वीरगंज/पर्साको सोनवर्षा गाविसबाट प्रहरीलाई स्थानीयबासिन्दाले आइतबार बिहान एउटा पेस्तोलसहित पाँचवटा बन्दुक जिम्मा लगाएका छन् । अवैध हतियार संकलन अभियानको दोश्रो चरणमा प्रहरीले सोनवर्षा गाविसको बैरिया टोलबाट एउटा पेस्तोल, सोनवर्षाकै वडा नम्बर ७ कन्चनपुर टोलबाट दुईथान एक नाले र वडा नम्बर ४ गदियानी टोलबाट दुईवटा एकनाले बन्दुक संकलन गरिएको रंगपुर प्रहरी चौकीका  इन्चार्ज बिजुली भुजेलले बताए । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र रंगपुर प्रहरी चौकीले सोनवर्षाका काँग्रेस कार्यकर्ताहरु अबुलेश अन्सारी, लालबहादुर यादव, हरिन्द्र सहनी,सुलेमान मियाँ, मोतिलाल चौधरी, महेन्द्र चौधरी र जवाहीर मियाँको सहयोगमा ती अवैध हतियार संकलन गरेको बताइएको छ ।  यसअघि रंगपुर प्रहरी चौकीले आफ्नो मातहतको क्षेत्रबाट ४ थान एकनाले बन्दुक संकलन गरेर इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा जिम्मा लगाइ सकेको छ । 

SHARE THIS

Author:

Facebook Comment