काठमाडौं, चैत्र २५ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलले खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्नुलाई गल्तीको रुपमा स्वीकार गरे मात्र उनीहरुसँग वार्ता हुनसक्ने बताएका छन् । अन्य दलको भूमिकालाई बेवास्ता गरेर चार दल एक्लै अघि वढ्न खोजेका कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै वैद्यले सरकार गठनलाई गल्तीको रुपमा स्वीकारे मात्र वार्ता हुनसक्ने उल्लेख गरे ।
आज धापासीस्थित आफ्नै निवासमा हामीसँग कुरागर्दै वैद्यले वार्ताका लागि चार दलले आफूहरुको मागलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
अध्यक्ष वैद्यले चार दलकै कारण खिलराज रेग्मी नेतृत्वको सरकार आफ्नै भूमरीमा फस्दै गएको टिप्पणी समेत गरे । चारदलकै नेताहरुले सरकारको कामप्रति असन्तुष्टि र गुनासो ब्यक्त गर्नु त्यसको उदाहरण भएको वैद्यको भनाई थियो ।