काठमाडौं, चैत्र २४ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलले बनाएको राजनीतिक संयन्त्र र खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार असंवैधानिक भएको भन्दै उनीहरुसँग कुनै हालतमा वार्ता नगर्ने अडान दोहो-याएका छन् ।
वैद्यले चैत्र १ गते भएको ११ बुँदे सहमति र बाधा अडकाउ फुकाउको आदेशद्धारा भएको संविधान संशोधन खारेज हुनुपर्ने र मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले राजीनामा दिनुपर्ने वार्ताका पूर्वशर्त अगाडि सारेका छन् ।
२०४६ साल चैत्र २४ गते जनआन्दोलन उत्कर्षमा पुगेको दिनको स्मरणमा –माओवादीले राजधानीको खुल्लामञ्चमामा गरेको सभामा बोल्दै वैद्यले वर्तमान सरकारको नेतृत्वमा संविधानसभाको चुनाव कुनै हालतमा सफल हुन नदिने धम्की दिए ।
कार्यक्रममा –माओवादीका महासचिव रामबहादुर थापाले कार्यकर्ताको हात हातमा नयाँ हतियार पु¥याएर आन्दोलन गर्ने चेतावनी दिए ।
सरकारले हालै माओवादी नेताको सुरक्षाका लागि भन्दै लगिएका हतियार फिर्ता गर्न आब्हान गरेकोमा थापाले आफ्नो पार्टीले हतियार नछाड्ने अडान ब्यक्त गरे ।
सभा हुनुअघि –माओवादीले राजधानीका विभिन्न ठाउँबाट जुलुस निकालेको थियो ।
SHARE THIS