आ.सि.एनबाट
वीरगंज १ गते बैशाख । नव बर्ष २०७० को उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साद्वारा हिन्दु राष्ट्र र मुलुकमा सु – शान्ति स्थापनार्थ तथा समयमा संबिधान सभाको चुनाव भई मुलुक बिकासको बाटोमा अग्रगतिले अगाडि बढोस् भन्ने कामना सहित आज वीरगंजको प्रसिद्ध गहावा माई मन्दिरमा पुजा एवं घण्टावादन कार्यक्रम पर्साका अध्यक्ष रामचन्द्र चर्तुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो पुजा एवं घण्टावादन कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला बिकास समिति पर्साका पुर्व जिल्ला सभापति शम्भु प्रसाद चौरसियाले मुलुकमा रहेका ठुला राजनितीक दलका नेताहरुमा माईले सद्धबुद्धि दिउन र सम्पुर्ण पार्टीहरुलाई समेटेर जनताको हक, अधिकार लगायतका बिभिन्न कुराहरुमा एकबद्ध भई अगाडी बढेर काम गरोस भन्ने माई स“ग प्रथना गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पार्टीका सचिव अङ्गद ठाकुर, सह सचिव ललन ठाकुर, बरिष्ठ सल्लाहाकार अर्जुन सिहं ठकुरी, गजेन्द्र देव ठकु, ओम प्रकाश यादव, अर्जुन प्रसाद घिमिरे, पर्साका महिला संगठन प्रमुख अन्जु थपालिया, पार्वती देवी, साबित्री देवी, बासमति देवी, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय कार्यालय पर्साका संयोजक कन्हैया गुप्ता, बुद्धिजिवी, समाजसेवी लगायत बिभिन्न सञ्चार गृहका सञ्चाकर्मीहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।