महिलाका कारण नेपाली युवालार्इ कुवेतमा बस्न समस्या !


सुजन अभागि, बैदेशिक रोजगारिका लागि कुवेत आएका नेपाली चेलीहरुका गैर कानुनी कृयाकलाप कुवेतका राष्ट्रिय दैनिकहरुमा हेडलाईन बत्र थालेका छन । अबैध बच्चा जन्माई हत्या गर्ने, बेच्ने, साहुको घरभित्र प्रेमी बोलएर यौन सम्बन्ध राख्ने, रक्सि बनाउने, बेच्ने, बेश्यबृति देखी बिदेशी गिरोहसँग मिली लागु औषधिको कारोबार गर्ने जस्ता अबैध काममा नेपाली महिला संलग्न रहेका समाचार कुवेत पुलिस र यहाँबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुमा दिनहु जसो देख्न पाईन्छ ।  नेपाली महिलाहरु अनैतिक र अमर्यादित यौनजन्य काममा संगलग्न भएका देख्दा बिदेशहरुले नेपाली महिलाको चरित्रमा मै प्रश्न गर्न थालेका छन भने  यहाँ कार्यरत नेपाली युवाहरुको मान र प्रतिष्ठा मै आँच आउन थालेको छ ।
 हिजो मात्रै कुवेतको एक दैनिक पत्रिकाले  घरेलु कामदारका रुपमा कुवेतिको घरमा काम गर्ने नेपाली युवती र उनका ’प्रेमी’ रङ्गेहात पव्रmाउ परेको खबर छापेको छ । त्यो पनि ’आपित्तजनक’ अवस्थामा । ती महिलाको आशिक परिवारका सबै सदस्य सुतिसकेको बेलामा युवतीको कोठामा सुटुक्क आएको रहेछ ।  काम गर्ने केटीको कोठाबाट आएको ठूल्ठूलो आवाजले घरकी मालिक्नीको निद्रा बीचमै खुलेछ । उनले आप्mनो लोग्नेलाई के भएछ हेर्न जाऊ त भनेर नोकरानीको कोठाम पठाइन । हेर्न जाँदा तरङ्गेहात यौन संम्पर्क गरिराखेको अबश्थामा भटेछन । अनि कुवेत पुलिसलाई खबर गरेछन । पुलिसले दुबैलाई प्रकाउ गरि हिरासतमा राखेको छ ।

अस्ति बिहिबार अर्को काहाली लाग्दो  घटना सार्वजनिक भएको छ ।  एक २३ वर्षकी नेपाली युवती पुलिसको फन्दामा परेकि छन ।  नाम नखुलाइएकी ती नेपाली चेलीलाई धेरै वटा अभियोग लगाइएको छ । साद अल अब्दुल्लाहस्थित उनी काम गर्ने घरका मालिकहरुले उनलाई साह्रै पेट दुखेपछि जाहरा अस्पताल पु¥याएका थिए ।
  तर अस्पतालमा चिकित्सकीय परीक्षण गरी हेरेपछि त गर्भपातका कारण पो यस्तो ब्लिडिङ भएको पत्ता लाग्यो । लौ अब पुलिस केस ! पुलिस उनी काम गर्ने घर पुग्यो । घरको बाथरुममा ब्ल्याङ्केटमा बेरेको अवस्थामा नवजात शिशुको शव भेटियो ।
पछि प्रहरीसँग उनले ’अवैध’ यौन सम्बन्धबाट उनी गर्भवती भएको बताइछिन् । अब प्रहरीले उनले बच्चा जन्मिसकेपछि मारेको कि मरिसकेको बच्चा जन्मेको भत्रे बारे अनुसन्धान गर्दै गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट चाहिँ उनले अवैध सम्बन्धबाट गर्भ रहेको कुरा लुकाउन बाथरुमभित्र बच्चा जन्माएको देखिएको बताइएको छ । प्रहरी अहिले उनलाई गर्भवती बनाउने केटाको खोजीमा  रहेको छ
एक हप्ता पहिला दुई नेपाली  महिलालाई छुट्टाछुट्टै ठाउँबाट लगभग एउटै खालको अभियोगमा कुवेत पुलिसले पव्रmाउ गरेको हो । अभियोग­ आफैले जन्माएको नवजात शिशुको हत्या गरेको ! कुवेतको क्युरेन क्षेत्रमा नवजात शिशुको लाश भेटिएपछि खैलाबैला मच्चियो । मुबारक अल कबिरका डिटेक्टिभहरु अनुसन्धानमा जुटे । उनीहरुको पहिलो शंका त्यस क्षेत्रमा काम गर्ने नेपाली घरेलु कामदार महिलाहरु रहे । सोधपूछ गर्दै जाँदा एक महिलाले आप्mनो अपराध स्वीकारे । उनले दिएको बयान यस्तो रहे ।
उनी कुवेत आउँदा नै गर्भवती रहिछिन् । तर कसैलाई थाहा दिएकी रहिनछिन् । नेपालमा ब्वाइफ्रेन्डसँगको सम्बन्धबाट उनको गर्भ बसेको रहेछ । घरेलु कामदारका रुपमा जुन घरमा बसेकी हुन्, त्यही घरको छतमा उनले बच्चा जन्माइछिन् । त्यसपछि नवजात शिशुलाई त्यो ठाउँमा यत्तिकै छाडेकी रहिछन् । पछि त्यो शिशु मृत अवस्थामा फेला परेको रहेछ ।
अर्को घटना कुवेती नागरिकले त्यहाँको गृह मन्त्रालय अन्तर्गतको अपरेसन्स डिपार्टमेन्टमा फोन गरी नवजात शिशुको भुस्याहा कुकुर र बिरालोले टोकेको लाश मुबारक अल कबिरमा फेला परेको जानकारी दिए । प्रहरी गम्भीर बनिहाल्यो, थाल्यो अनुसन्धान ।
अन्त्यमा एक नेपाली महिलाले आफूले त्यो शिशुलाई जन्माएको र घरपछाडि पुरेको स्वीकार गरिन् । महिलाको बयान अनुसार एयरपोर्ट जाँदै गर्दा ती महिलालाई ट्याक्सी ड्राइभरले बलात्कार गरेका रहेछन् केही महिनाअगाडि । कुवेत फर्केपछि उनले त्यही बलात्कारबाट आप्mनो गर्भ बसेको थाहा पाइन् । आफूले काम गर्ने ठाउँकै बाथरुममा बच्चा जन्माइन्, ब्यागमा हालिन् र घर पछाडि गाडिदिइन ।
एक हप्ता पहिला एक नेपाली जोडिले बच्चा जन्माई बिदेशिलाई ३० कुवेति दिनरमा दिएको खबर नेपाली समाज कुवेतमा आगो झै फैलियो । केटाकेटी दुबै ईलिगल भएकोले बिदेशिलाई बच्चा दिएको भत्रे खबरले बजार खुबै ततायो । त्यस्तै अर्को एक ईलिगल जोडिले बच्चा जन्माएर बसेको खबर दुताबासमा पुगेको अपुस्ट खबर छ ।
यी महिलाको परिचय नेपाली महिला मात्र भनिएको छ । उनीहरुको नाम र ठगाना  समाचारमा खुलाइएको छैन । कुवेतमा हुने यस्ता खाले सबै समाचारमा नाम र ठगाना खुलाईदैन ।  यीनी महिलाहरुको बारेमा नेपाली दूतावासलाई जानकारी नभएको दुताबासको भनाई छ । समाचारबाट थाहा पाएको तर आधिकारिक जानकारी नपाएको श्रमसहचारी सृजना तिवारीले भत्रु भयो ।       

SHARE THIS

Author:

Facebook Comment