एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं, वैशाख ३ । चुनावको रणनीतिबारे छलफल गर्न आज नेकपा एमालेको पोलिटब्यूरो बैठक पार्टी मूख्यालय बल्खुमा बसिरहेको छ । बैठकमा आगामी निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी र खिलराज रेग्मी नेतृत्वको सरकारका कामबारे छलफल भइरहेको जनाइएको छ । 
बैठकमा केन्द्रीय सदस्य लगायत विभिन्न विभागमा रिक्त पदहरुमा मनोनयन र नेताहरुको कार्य विभाजनबारे पनि छलफल हुने एमालले जनाएको छ । 

एमालेमा आठौं महाधिवेशनको चार वर्ष बितिसक्दा पनि पाँच प्रतिशत केन्द्रीय सदस्य मनोनयन हुन सकेको छैन । 

बैठकमा विगतमा एमालेमा रहेर काम गरेकाहरुलाई फेरि एमालेमै फर्काउन र अन्य पार्टीसँग एकता गर्नेबारे वार्ता गर्न बनेको कार्यदलका सदस्यहरुले अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी गराउने वताइएको छ ।

SHARE THIS

Author:

Facebook Comment