करिब तीन लाख जाली भारतीय नोट सहित तीन पक्राउ


वीरगन्ज,६ वैशाखः जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार नक्कली भारु सहित तीनजनालाई पक्राउ गरेको छ  । प्रहरी विशेष सुराकीका आधारमा वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ स्थित नारायणी रंगशाला नजिकैबाट एक हजार दरका एक सय ५० थान र पाँच सय दरको दुई सय ९७ थान नक्कली नोट बरामद गरेको हो ।
पक्राउ पर्नेमा पर्साको सिर्सिया खल्वाटोला गाविस ९ का सुरेन्द्र प्रसाद गुप्ता, वीरगन्ज १३ रानीघाटका ३० वर्षिय श्रवण शर्मा र बारा छतवा गाविस ३ स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मुर्ली टोलमा डेरा गरी बस्दै आएका ३१ वर्षिय सुधिर शर्मा  रहेका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
भारतीय नक्कली नोटको कारोबार गर्ने ब्यक्तिहरुले बीरगंज एरियामा नक्कली नोटको कारोबार गरिरहेको छ भन्ने सुराकीको सुचना अनुसार खोज तलासको लागी यस कार्यालयबाट प्रहरी निरीक्षक मनोहर प्रसाद भट्टको कमाण्डमा खटिगएको प्रहरी टोलीले सुराक पता लगाउदै जाँदा दिनको १३ः३० बजेको समयमा  सो स्थानमा सुराकीको सुचना अनुसारको हुलिया भएका व्यक्तिहरुलाई देखि भेटी नामथर वतन सोधपुछ गर्दा सुराकीले दिएको जानकारी अनुसारकै नाम बताएकोले निजहरुको शरिर खानतलासी  गर्दा निजहरुको साथ बाट सो परिमाणको भारतीय जाली नोटसहित एउटा मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
पक्राउ परेका व्यक्तिहरु बिगत लामो सहयदेखि जाली नोटको कारोबारमा संलग्न रहेको पत्रकारसम्मेलनमा बताए । 
पक्राउ परेका गप्ता र शर्मा जाली नोटकै कारोबारमा पक्राउ परी भारतको मोतीहारी जेलमा सजाय भोगिसकेका छन् ।


SHARE THIS

Author:

Facebook Comment