लोकमानको आज पनि सुनुवाइ हुन सकेन

काठमाडौं, चैत्र २७ । पूर्व मूख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन नहुने जिकिर गर्दै सर्वोच्च अदालतमा परेको रीटमाथि आज पनि सुनुवाइ हुन सकेन । कायम मुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजालाशमा चढेको पेशीमा आजको सुनुवाई फेरि सरेको छ । 
रीट निवेदनमा संवैधानिक परिषदलाई समेत विपक्षी बनाइएका कारण परिषदको सदस्य समेत रहेका कायम मुकायम प्रधानन्यायाधीश शर्माको इजालाशमा पेशी चढेका कारण सुनवाई सरेको सर्वोच्चले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment