जितपुरमा नि:शुल्क स्वास्थ्य शिविर

बारा, २७ चैतःनेपाल नागरिक पार्टीको आयोजनामा बुधबार बाराको जितपुर गाविसमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । लायन्स क्लब अफ वीरगंज र स्नेही नेपाल संस्थाको सहयोगमा शिविरको आयोजना हुन लागेको हो । बुधवार विहान १० बजेबाट सुभारम्भ गरिने शिविरमा दन्तरोग,फिजिसियन,र बालरोगको निःशुल्क उपचार तथा औषधी वितरण कार्यक्रम गरिने आयोजक नागरिक पार्टीले जानकारी दिएको छ । शिविरमा बिरामीको उपचारका लागी दन्तरोग तथा फिजिसियन काठमाण्डौबाट आउने बताईएको छ । शिविरबाट जितपुर,सिमरा,परवानीपुर,डुमरवाना,औराहा,पथलैया र पर्साका केही गाविसका बासिन्दाहरु लाभान्तिव हुने आयोजकको विश्वास छ । 

SHARE THIS

Author:

Facebook Comment