मधेशी मोर्चाको वैधता समाप्त


वीरगन्ज २७ चैतः तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले गठबन्धन सरकारको विघटनसँगै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वैधता समाप्त भइसकेको दाबी गरेका छन् ।
मधेशी पत्रकार समाज पर्सा
ले वीरगन्जमा मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समयमा मोर्चाको घटकबीचमा मतभेद शुरु भइसकेकाले मधेशको कुनै पनि मुद्दा समाधान गर्न नसक्ने धारणा व्यक्त गरे । सत्ताकेन्द्रित मोर्चा पनि निर्वाचन गराउन सफल नहुने तथ्य आम मधेशीले बुझि सकेको उनको भनाई छ ।मतदानमा सबैले सहभागीताको अवसर पाउनुपर्ने भएकाले जन्मको आधारमा नागरिकता पाएकाको बालिग सन्तानलाई पनि नागरिकता
वितरण गर्नुपर्ने उनको भनाई छ।
मधेशका मुद्दालाई मुखरित गर्नका लागी शान्तिपूर्ण आन्दोलन सञ्चालन गर्न तराई मधेश राष्ट्रिय अभियान शुरु गरिएको गुप्ताले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

SHARE THIS

Author:

Facebook Comment