काठमाडौं, चैत्र २७ । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा आर्थिक सुधारका लागि व्यावसायिक वातावरण र राजनीतिक स्थिरता अपरिहार्य भएको जनाएको छ । आर्थिक बृद्धिको सम्भावना भएपनि आर्थिक वृद्धिमा अंकुश लगाउने खालका गम्भीर अवरोध हटाई लगानीकर्तामा आत्मविश्वास बढाउनुपर्नेमा एडीबीले जोड दिएको छ ।
एडीबीले आज सार्वजनिक गरेको एशियाली विकास परिदृश्य २०१३ ले आर्थिक वर्ष २०१३ मा नेपालको आर्थिक बृद्धिदर साँढे तीन प्रतिशतमा सीमित रहने प्रक्षेपण पनि गरेको छ ।
मलको अभाव, कमजोर मनसुन, लगानीकर्तामा आत्मविश्वासको कमी र विकासका चालु आयोजनालाई समेत आर्थिक अभाव हुने गरी पूर्ण बजेट नआउनुका कारण आर्थिक बृद्धिदर मन्द हुने देखिएको एडीबीले जनाएको छ ।
त्यस्तै कृषि क्षेत्रमा आउने कमी, ज्यालाको भार, पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि, निरन्तर भएको उर्जा संकट र आपूर्ती पक्षका अन्य अवरोधहरुका कारण मूल्य बृद्धि साँढे १० प्रतिशत पुग्ने एडीबीले जनाएको छ ।
सन् २०१३ मा विकाशील एशियाली राष्ट्रहरुको समग्रमा आर्थिक बृद्धिदर ६ दशमलब ६ प्रतिशत र सन् २०१४ मा ६ दशमलब ७ प्रतिशत पुग्ने पनि एडीबीले अनुमान गरेको छ ।