आज अन्तिम पूरक बजेट आउँदै


काठमाडौं, चैत्र २७ । चुनावी सरकारले आज चालु आर्थिक बर्ष २०६९, ०७० को बांकी तीन महिनाका लागि पुरक बजेट ल्याउने भएको छ । मुख्य गरी संविधानसभाको चुनावी तयारीलाई केन्द्रित गरी ल्याईने बजेट झण्डै चार खर्बको हुने बताईएको छ । अर्थ मन्त्रालयले बजेटसम्बन्धी अध्यादेश तयार गरिसकेको र त्यसलाई अहिले केहीबेरमा बस्ने मन्त्रिपरिषद बैठकले पारित गरी आजै राष्ट्रपति समक्ष पेश गर्ने स्रोतले जनाएको छ ।

राष्ट्रपतिबाट राष्ट्र ऋण , विनियोजन र आर्थिक अध्यादेश जारी भएपछि अर्थमन्त्रीले आजै बजेट सार्जजनिक गर्ने भएका छन् । सरकारले निर्वाचनका लागि पर्याप्त रकम छुट्टयाउने भएको छ । यसअघि नै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले चुनावी सरकार भएकाले चुनावलाई आवश्यक पर्ने रकम विनियोजन गर्ने बताएका थिए ।
 असारमा चुनाव नहुने स्थिति देखिए पनि सरकारले भने बजेटमा यसका लागि ८ अर्ब
रुपैयाँ छुट्टयाउने तयारी गरेको छ । विकास खर्चका लागि ७० अर्ब छुट्टयाउने तयारीमा सरकार छ । बजेटले राजस्वसम्बन्धी नीति यथावत् राख्ने र नयां कार्यक्रम थप्ने छैन् ।
 यसअघि निवर्तमान अर्थमन्त्री वर्षमान पुनले राजनितिक सहमति नहँदा पहिले एक तृतीयांश र पछि बाँकी अवधिका लागि गत वर्षको खर्चमा आधारित भएर खर्च गर्न पाउने गरी बजेट ल्याएका थिए ।

गत आवमा ३ खर्ब ८५ अर्वको बजेट ल्याएको सरकारले ३ खर्व ५९ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको थियो । चालू आवमा सात महिनासम्म सरकारले १ खर्व ३२ अर्व रुपैयाँ खर्च गरेको छ । सरकारले बाँकी तीन महिनामा आवश्यक रकम आन्तरिक ऋणबाट उठाउनेछ ।

SHARE THIS

Author:

Facebook Comment