अग्नीपीडितलार्इ सहयोग


वीरगन्ज ३ वैशाखःपर्साको धोरे गाविसको अग्नी पीडितलाई विभिन्न संघ संस्थाले राहत सामाग्री वितरण गर्ने कार्य मंगलबार पनि जारी राखेका छन । 
नेपाली काँग्रेस क्षेत्र नम्बर १ पर्सा, महाँशक्ति ट्रान्सपोर्ट र एटी सप्लायर्सले धोरे गाविसका अग्नि पीडितलाई राहत सामाग्री उपलब्ध गराएको छ । 
घटना स्थलमा पुगेर ती संस्थाका प्रतिनिधीहरुले ४ क्वीन्टल चिउरा, ५० किलो मिठ्ठा, १० कार्टुन चाउचाउ, ५ कार्टुन बिष्कुट, २ क्वीन्टल चामल, २५ किलो दाल, तोरीको तेल १ कार्टुन, एक सय वटा साडी स्वरुप उपलब्ध गराएको हो ।

SHARE THIS

Author:

Facebook Comment