वीरगंज, ३वैशाखः बलात्कार अभियोगमा पक्राउ परेपछि अदालतद्वारा तारेखमा रिहा गरिएका एक बालक बेपत्ता भएका छन् ।
बाराको डुमरवाना गाविसका १४ वर्षिय संजय साहलाई अदालतले नाबालक भन्दै तारेखमा रिहा गर्न इलाका प्रहरी कार्यालय सीमरालाई निर्देशन दिएपछि चैत २३ गते नै उनलाई हिरासत मुक्त गरिएको बताइए पनि अझैसम्म उनी घर पुगेका छैनन् ।
चैत १४ गते स्थानीय एक बालिकाको बलत्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय सीमराले साहलाई हिरासतमा लिएको थियो । मंगलबार पीडित परिवारले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका साह हिरासत मुक्त भएको बारे आफुहरुले कुनै जानकारी नपाएको बताएका छन् । ईलाका प्रहरी कार्यालय सिमराले अभियुक्त बालकविरुद्ध अदालतमा मुद्दा दर्ता भईसकेको र अदालतको आदेशपछि तारेखमा हिरासत मुक्त गरिएको जनाएको छ ।