मृतक घोषित गरिएका बालक आन्दोलनको क्रममा जीवित


क्राइमचेक प्रतिनिधि÷
गौर, ०१ वैशाख । रौतहटमा आज विहानै अचम्मको घटना भएको छ ।  मृतक घोषित गरिएका बालक करिब ५ घण्टापछि उभिएपछि सबैलाई अच्चमित तुल्याएको हो ।
आज विहान जिल्लाको बसतपुर गाविसका तीन जना बालक बाग्मती नदिमा नुहाउन गएको समयमा सो नदीमा डुबेपछि चिन्ताजनक अवस्थामा गौर अस्पतालमा उपचारकोलागि ल्याइएकोमा मृत घोषित गरिएका मध्ये एक जना बालक ४ घण्टापछि  जीवित भएपछि आठौं अश्चर्यझैं हुन पुगेको छ ।
बसतपुर–४ निवासी सुशील झाका करिब १५ वर्षीय छोरा दीपक झा लगायत तीन जनाको शवमा कात्रो ओढाएर गौर अस्पताल अगाडी तेर्साएर आन्दोलन गरिरहँदा दीपक एकाएक उठेर खडा भएपछि सबै आश्चर्यचकित भएका छन् । यसरी जिवीतै उठेपछि दिपकलाई पुनः अस्पतालभित्र राखेर थप उपचार भइरहेको समाचारमा जनाइएको छ ।


SHARE THIS

Author:

Facebook Comment