नदिमा डुबेर एकै गाउँको तीन बालकको मृत्यु


गाउँ शोकमा डुब्यो...........
क्राइमचेक प्रतिनिधि/
रौतहट/सिंगो नेपाल र देश विदेशमा रहेका नेपालीहरू नयाँ वर्षको शुभकामना आदान प्रदान गरेर तथा पिकनिक र रमाइलो गरेर मनाइरहेकै समयमा जिल्लाको एक गाउँ शोकमग्न भएको छ ।
जिल्लाको सदरमुकाम गौरसँगै रहेको बसतपुर गाउँका दुई जना बालक आज विहान गाउँको पूर्वमा बग्ने बाग्मति नदिमा नुहाउन गएको समयमा नदिमा डुबेर मृत्यु भएको हो ।
यसरी डुबेर मृत्यु हुनेमा बसतपुर गाविस वडा नं। ४ निवासी सुशील कुमार झाका करिब १५ वर्षीय छोरा दीपक कुमार झा, सोही वडा निवासी मुरारी झाका करिब १४ वर्षीय छोरा किसन झा छ भने सोही वडा निवासी सुबोध झाका १२ कक्षामा पढ्ने १७ वर्षीय छोरा रितेश झाको डुबेर चिन्ताजनक अवस्थामा उपचारको गौर अस्पताल लगिएको अवस्थामा  अस्पतालमा चिकित्सक नहुँदा मृत्यु भएको हो ।।  मृतक दीपक झा १० कक्षामा पढ्थे भने किसन ९ कक्षाका विद्यार्थी थिए ।
स्मरणीय छ, करिब १० वर्ष अगाडी पनि किशनका दाजु केशवको पनि गाउँकै एक पुल नजिकै रहेको खोलामा डुबेर मृत्यु भएको थियो ।
ती बालकहरूको मृत्युको खबरले पूरै गाउँ स्तब्ध र शोकमग्न छ ।
इता नदीमा डुबेर गम्भीर घाईते भएका  बाल रितेशलाई उपचारको लागि गौर अस्पतालमा लर्गिपनि अस्पतालमा चिकित्सक र अक्सिजन उपलब्ध नभएको कारण मृत्यु भएको जनाउँदै आफन्तहरुले गौर अस्पतालको गेटमा लाश  तेर्साएर विरोध प्रदर्शन गरिरहेका खबर प्राप्त हुन आएको छ ।

SHARE THIS

Author:

Facebook Comment