जनकमान डंगोल÷
हेटौडा÷देशको राजधानी काठमाण्डौ महानगर चक्रपथ इलाकाको बल्खुबाट काठमाण्डौ जिल्लाको फर्पिङ्ग, दक्षिणकाली, ललितपुर जिल्लाको छैमले अनि मकवानपुर जिल्लाको सिस्नेरी, कुलेखानी, भीमफेदी, भैंसे भएर कुनै एक जमानाको देशकै ठूलो औधोगिक नगरी हेटौडा र त्यहाँबाट दक्षिण बारा जिल्लाको अमलेखगञ्ज, पथलैया, सिमरा, निजगढ, पर्सा जिल्लाको वीरगंज तथा रौतहट जिल्लाको चन्द्रनिगाहपुर अनि सर्लाही जिल्लाको हरिऔन तथा मलंगवासम्म दैनिक आतेजाते सयौको संख्यामा भारतीय मोटर गाडी Tata Sumo को छिटो र सुरक्षित भरपर्दो सेवा संचालन हुने गरेको छ ।
बल्ल्खुबाट छुट्ने सबै Tata Sumo रू १० सिट क्षमताको हुन्छ । ट्याक्सी जस्तै तरिकाले आलोपालो प्रणालीमा चल्ने यीTata Sumo हरुले गन्तव्य स्थानको अग्रीम टिकट बुक गरेर यात्रु ओसार–पसार गर्ने गर्दछन् । फर्पिङ्गदेखि हेटौडासम्म बीचका यात्रुहरू हेटौडा आउनु पर्यो भने कि त पहिला नै बल्खु काउन्टर गएर अग्रिम टिकट बुक गर्नुपर्ने हुन्छ कि त घन्टौ घण्टा कुरेपछि काठमाण्डौबाट कुलेखानी हुँदै भीमफेदी सम्म आउने बसलाई कुर्नु पर्ने हुन्छ ।
यो पंक्तिकार मिति २०६९ चैत्र १ गते काठमाण्डौबाट हेटौडा यात्रा गर्ने क्रममा सिस्नेरीमा २ जना तामांग दाज्यु भाइले पंतिकारले यात्रा गरेको Tata Sumo लाई हात उठाएर रोक्ने अनुरोध गर्यो । चालक पनि तामांग नै भएको र उसले तामांग भाषामा नै मेरो गाडी त भरिसकेको छ के गरौं भन्दा बिचरा ती दुईजना तामांग दाज्यु भाइले “जरुरी काम भएकोले हामी जोखिम नै मोलेर भए पनि
तपाइको Tata Sumo मा लाग्ने भाडा दिएर जान्छम् । बिन्ति छ नाइँ नभन्नुस” भनेर अनुरोध गरे । बीचको बाटो हेटौडा आउनु पर्ने जरुरी काम । सबै Tata Sumo भरिएर आको हुन्छ । अन्य सवारी साधन (बस) को कुनै निश्चित तोकिएको समय नहुने । त्ब्त्ब् क्ग्ःइ चालकले पैसा भन्दा पनि मानवता र कामको जरुरीलाई ध्यानमा राखेर “हुन्छ चढनुस् तर आफ्नो ज्यु ज्यानको सुरक्षा आफै गर्नु होला” भनेर Tata Sumo को छतमा चढ्ने इजाजत दिए ।
अन्य यात्रुको लागि हेटौडा, भीमफेदी, कुलेखानी हुँदै काठमाडौँ(बल्खु) निस्कने छोटो तथा सुरक्षित बाटो हो तर छैमले, सिस्नेरी, कुलेखानी बिचका जनाताकोहरुको लागि भने त्यो बाटो “नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार !” जस्तो भएको छ यतिबेला । सुरुंग मार्ग खुल्ने भो अब ४०÷४५ किलोमिटरमा बाटो सिमित हुने भो भन्दै मिठो सपना देखेका त्यस भेगका जनताहरुलाई यतिखेर त्यो बाटो “कागलाई बेल पाक्यो हर्ष न विष्माद्” जस्तै भएको छ ।
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित